नागरिकता विधेयक संसद्‌बाट पुनः बहुमतले पारित

काठमाडौं । राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद्मै फिर्ता गरिएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

मतविभाजनद्वारा विधेयक पारित भएको हो । संसद्मा उपस्थित १९५ जना सांसदमध्ये विधेयकको पक्षमा १३५ र विपक्षमा ६० सांसद देखिएका हुन् । बिहीबार दिनभर प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि छलफल भएको थियो ।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक कुनै पनि बहानामा रोक्दा जन्मसिद्ध नागरिकका सन्तान ७ लाख जनाले नेपाली नागरिकता पाउन नसकेकले अब ढिलो गर्न नसकिने बताएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री