पदाधिकारीको टुंगो लगाउँदै प्रचण्ड, को-को पर्लान् ?

काठमाडौँ । पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ । यसअघि बिहीबार डाकिएको बैठक अन्तिम समयमा आएर बस्दै नबसी स्थगित भएको थियो । माओवादी बैठक बुधबार पनि बसेको थियो ।

माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो । तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।

यस अघि महासचिवमा बर्षामान पुन र जनार्दन शर्माको दाबेदारी रहेको भएपनि अध्यक्ष प्रचण्डले देव गुरुङलाई महासचिव बनाउने तयारी गरेको बुझिएको छ । पुन र शर्माले आआफ्नो दाबेदारी नाछोडेपछि प्रचण्डले दुवैलाई महासचिव नबनाउने भएका हुन् । अब पुन र शर्मालाई उपमहासचिव बनाइने चर्चा रहेको छ । त्यस्तै गिरिराजमणि पोखरेललाई पनि उपमहासचिव बनाइने भएको छ ।

त्यसैगरी माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरालाई यस अघि नै चयन गरिसकेको छ भने अब पम्फा भुसाल, दिनानाथ शर्मा, हरिबोल गजुरेल र गणेश शाहलाई उपाध्यक्ष बनाउने तयारी रहेको छ ।

माओवादीको विधानअनुसार एक अध्यक्षसहित, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था रहेकोछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री