काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको …
पुरा पढ्नुहॊस »पोखरा पुगेका अर्थमन्त्री महतको दाबी- गठबन्धन फेर्ने कुरा अफवाह हो
काठमाडाैँ । सरकारका अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता गठबन्धन हुने कुरा अफवाह मात्र भएको बताएका छन् । प्रेस युनियन कास्कीको पत्रकार भेटघाटमा उनले दलहरूसँग छलफल गर्नु सामान्य भएको बताए । ‘सबै अफवाह हो । भ्रम हो । संसद्मा सबै दलसँग छलफल त हुन्छ, छलफल हुँदैमा सत्ता गठबन्धन फेरिने होइन,’ उनले भने, ‘अहिले चलेको हल्ला मात्र हो । सत्यता छैन । हामी निश्चित लक्ष लिएर चलेका छौँ ।’ …
पुरा पढ्नुहॊस »पार्टी एकताका लागि ठोस पहल हुँदैछ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् । शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् । “माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै …
पुरा पढ्नुहॊस »आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का दोषी ठहर
काठमाडौँ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई एक वर्ष तीन महिना कैद सजाय सुनाइएको छ । गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा खडकालाई दोषी ठहर गर्दै विशेष अदालतले शुक्रबार यस्तो सजाय सुनाएको हो । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इaजलासले यस्तो फैसला सुनाएको हो । खड्का र उनकी श्रीमति शर्मिलाको नाममा रहेको घर, जग्गा, बैंक ब्यालेन्स, सेयरलगायतका सबै सम्पत्ति जफत गर्न अदालतले आदेश दिएको …
पुरा पढ्नुहॊस »अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँ जिल्ला अदालतले बस्न्यातलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्न्यातविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केन्द्रीय …
पुरा पढ्नुहॊस »मिनबहादुर गुरुङसहित ३ जनालाई हिरासतमा राखेकाेबारे २४ घण्टाभित्र सर्वाेच्चले माग्याे जवाफ
काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा अवैध रुपमा पास गर्ने कार्यमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ गरि हिरासतमा राखेकाेबारे २४ घण्टाभित्र जवाफ दिन सर्वाेच्च अदालतले आदेश दिएकाे हाे । उक्त काण्डमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार साह र धर्मप्रसाद गौतमलाई थुनामा राख्नुकाे कारणबारे अदालतले लिखित जवाफ मागेकाे हाे । उनीहरुले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन जिल्ला अदालत काठमाडौँमा दर्ता गरेपछि उक्त …
पुरा पढ्नुहॊस »ढल्यो एमाले नेतृत्वको कोशी सरकार, मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा विश्वासको मत पाउन राखेको प्रस्ताव प्रदेशसभाको बहुमतले अस्वीकृत गरेको छ । उनले विश्वसाको मत पाउन नसक्दा नेकपा एमाले नेतृत्वको कोशी सरकार ढलेको छ । मुख्यमन्त्रीमा विश्वासको मत पाऊँ भनेर मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ मत प्राप्त गरे । तर, उनको विपक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ४३ सांसदले मतदान गरे । ९३ …
पुरा पढ्नुहॊस »नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य : आरजु राणा
काठमाडाैं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य रहेको बताएकी छिन् । टोकियोस्थित नेपाली दूतावास, जाइका एन्ड जेट्रो र युएनआइडीओको संयुक्त आयोजनामा जापानको टोकियोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राणाले वैदेशिक लगानी स्वदेशी लगानीको परिपूरकमात्रै नभएर लगानी र बचतबीचको खाडललाई कम गर्ने र विदेशी विनिमय स्रोत पनि भएको स्पष्ट पारेकाे टोकियोस्थित नेपाली दूतावासले जनाएको छ । ‘वैदेशिक लगानी पुँजी …
पुरा पढ्नुहॊस »मलेसियालाई पराजित गर्दै नेपाल समूह विजेता
काठमाडौँ । एसीसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त प्रतियोगिताको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८४ रनले हराएको हो । पहिले ब्याटिङ गरेको नेपालले जितका लागि मलेसियासामू १८४ रनको चुनौती दिएको थियो । लक्ष्य पछ्याएको मलेसिया ३३.५ ओभर खेलेर ९९ रन बनाउँदै अल आउट भयो । मलेसियाका मोहम्मद हैरिलले ५४ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २५ …
पुरा पढ्नुहॊस »नारायणगढ-मुग्लिन सडक नखुल्दा यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न अनुरोध
काठमाडौँ । नारायणगढ-मुग्लिन सडकको विकल्प प्रयोग गर्न आग्रह गरिएको छ । पहिरोले बिहीबारदेखि बन्द सडक अझै खुलाउन नसक्दा प्रहरीले यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न अनुरोध गरेको हो । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन । चितवनको इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि उक्त सडक बन्द भएको हो । त्यसपछि सुक्खा पहिरो खसे क्रम जारी छ । पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले …
पुरा पढ्नुहॊस »