Tag Archives: mainnews

मर्यादाक्रम विभेद नगर्न कांग्रेसका महानगर समिति आग्रह (निर्णयसहित)

काठमाडौं । नेपाली कांग्रेसका महानगर समितिले पार्टीले मर्यादाक्रममा विभेद गरेको भन्दै मर्यादाक्रममा अन्याय नगर्न पार्टी नेतृत्वसँग माग गरेको छ । काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर, पोखरा र वीरगञ्ज महानगर समितिको संयुक्त बैठक बसेर मर्यादाक्रमको विभेद हटाउन माग गरिएको हो । काठमाडौंमा शुक्रबार भएको छलफलपछि ४ बुँदे माग काठमाडौं महानगरका सचिव सुसन वैद्यले जानकारी दिए । बैठकले पार्टीको केन्द्रीय महासमितिरमहाधिवेशनमा स्थानीय तहका समितिहरुबाट प्रतिनिधित्व हुने सुनिश्चितता गराउन विधानमा व्यवस्था गर्न माग गरिएको …

पुरा पढ्नुहॊस »

सिंहदरबारमा संवैधानिक परिषद्को बैठक, को बन्लान् नयाँ प्रधानन्यायाधीश ?

काठमाडौँ । संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो ४ बजे संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । उपसभामुख इन्दिरा रानामगरकाअनुसार परिषद्को बैठक सिंहदरबारमा बस्नेछ । आजको बैठकले प्रधानन्यायाधीश सिफारिस गर्नेछ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते (चार दिनपछि) सकिँदैछ । बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने बताइन्छ । उनी वरीयताक्रममा अगाडि छन् । जिल्ला र उच्च अदालतमा न्यायाधीश रिक्त छन् । आइतबार प्रमुख सत्तारुढ …

पुरा पढ्नुहॊस »

ट्याङ्कर ठोक्किएर क्षति पुगेको महाङ्काल मन्दिरमा लगाइयो टेका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सवारी दुर्घटनामा क्षति पुगेको टुँडिखेल छेउको महाङ्काल मन्दिर निरीक्षण अवलोकन गरेकी छन् । आइतबार राती ना. २ क ४० नं. को पानी बोक्ने ट्याङ्करको ठक्करबाट मन्दिरको नयाँ सडकतर्फको कुनामा क्षति पुगेको छ । उपप्रमुखसँगै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, कार्यपालिका सदस्य तथा वडाका जनप्रतिनिधि, सम्पदा तथा पर्यटन विभागका अधिकारी, पुरातत्त्व  विभाग, गुठी संस्थानका प्रतिनिधि र …

पुरा पढ्नुहॊस »

उच्चस्तरीय समिति गठन नभएसम्म सदन चल्न नदिने एमालेको अडान

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सरकारले प्रतिबद्धता जनाउनुपर्ने अडान लिएपछि हिजोका लागि डाकिएको बैठक सूचना टाँसेर स्थगित भएको थियो । सोही बैठक आज बस्न लागेको हो । उच्चस्तरीय छानविन समिति बनाउने विषयमा सरकार र प्रमुख प्रतिपक्षी दल एमालेबीच समझदारी नबनेसम्म संसद …

पुरा पढ्नुहॊस »

सेवा लिन जाँदा पार्किङ शुल्क लिए ९८५१०५१६१० मा सम्पर्क गर्नोस्

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ शुल्क लिन नपाउने नियमलाई कार्यान्वयन गराउन थालेको छ । पार्किङ शुल्क लिए तत्काल गुनासो गर्न महानगरले सम्पर्क अधिकारी तोकेको हो । जसका लागि नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई सम्पर्क अधिकारी तोकिएको छ । आर्थिक ऐन २०८० ले सेवाग्राहीबाट पार्किङ शुल्क लिन नपाउने भनेर तोकिएका स्थानबाट शुल्क लिएको गुनासो आएपछि त्यस्ता गुनासालाई तत्काल सुनुवाई गर्न सम्पर्क अधिकारी तोकिएको महानगर प्रहरी बलका प्रमुख नगर …

पुरा पढ्नुहॊस »

कोशीमा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयावधि आज सकिँदै

काठमाडौं । कोशीमा नयाँ सरकार गठनका प्रदेश प्रमुखले दिएको समय मंगलबार अपराह्न ५ बजे सकिँदैछ । प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि गत शुक्रबार दलहरूलाई पाँच दिनको समय दिएका थिए । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न मंगलबार अपराह्न ५ बजेसम्मको समय दिएका हुन्। यसअघि मुख्यमन्त्री बनेका कांग्रेसका उद्धव थापाको नियुक्ति बदर गर्दै सर्वोच्च अदालतले …

पुरा पढ्नुहॊस »

नेपालमा मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षा (तीन दिनको पूर्वानुमानसहित)

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी …

पुरा पढ्नुहॊस »

रास्वपाका चार सांसदलाई तत्काल कारबाही नगर्न अदालतको आदेश

काठमाडाैं । खर्च विवरण नबुझाएका रास्वपाका चार सांसदलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ। उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडीको एकल इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना सांसदहरूले निर्वाचन अयोागविरुद्ध आइतबार उच्च अदालत पाटनमा रिट दर्ता गराएका थिए। संघीय सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आयोगविरुद्ध रिट निवेदन दर्ता गराएका थिए। सो विषयमा दुवै …

पुरा पढ्नुहॊस »

कारबाट ओर्लेर साइकलयात्रीलाई कुट्ने आयुष एक लाख धरौटीमा छुटे

काठमाडाैं । विराटनगरमा काम सकेर साइकलमा घर फर्कँदै गरेका मजदुरलाई कुटपिट गरेर सडकमा घिसार्ने कार चालक विराटनगर ४ का आयुष भेटवाललाई एकलाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। सोमबार जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले एक लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी रिहा भएका छन्। विराटनगर महानगरपालिका ४ दूध फारम चोकमा साइकल यात्रीमाथि कुटपिट गरेका थिए। आइतबार उनीविरूद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको थियो। यसमा संलग्नरही …

पुरा पढ्नुहॊस »

नेपालमा सूचना प्रविधि विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र बन्नसक्छ : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधि नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र हुनसक्ने बताएका छन् । सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस)ले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले नेपालमा पछिल्लो समय इकमर्स,डिजिटल कारोबार वृद्धि हुँदै गएको बताए । सूचना प्रविधिको विकास र विश्व अर्थतन्त्रमा सूचना प्रविधिले सिर्जना गरेको लाभसँग नेपाल जोडिनसके ठूलो लाभ लिनसक्ने सम्भावना रहेको उनको भनाई छ । गभर्नर अधिकारीले …

पुरा पढ्नुहॊस »