Tag Archives: mainnews

सुन तस्करीमा मेरो कुनैपनि संलग्नता छैन : व्यवसायी दीपक मल्होत्रा (अन्तर्वार्ता)

त्रिभुवन विमानस्थल भन्सारबाट छिराएर बुधबार बरामद भएको एक क्विन्टल सुन प्रकरणमा व्यवसायी दीपक मल्होत्राकाे नाम जोडेर समाचारहरू आए । बिहीबार मल्होत्राले त्यसको खण्डन गरिसकेका छन् । उनले पत्रकार सम्मेलन नै गरेर आफूले कुनै गलत काम नगरेकाले गलत प्रचार हुँदैमा नडराएको बताए । यसै विषयमा रहेर व्यवसायी मल्होत्रासँग गरिएको कुराकानी :- तपाईँले पत्रकार सम्मेलन गरेर सुन तस्करीमा संलग्नता छैन भन्नुभयो तर तपाईँको नाम बारम्बार आइरहेको छ नि ? म सबैलाई प्रष्ट …

पुरा पढ्नुहॊस »

नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुल्यो

काठमाडौँ । बेलायतमा नेपाली नर्सलाई रोजगारीका लागि पठाउन आवेदन खुलेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रूपमा पहिलो चरणमा १०० जना नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो । नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्‌बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो । बेलायत जान इच्छुक नेपाली नर्सले आजदेखी आवेदन दिन सक्नेछन्। श्रम …

पुरा पढ्नुहॊस »

शनिबार उपत्यकाका यी स्थानमा ८ घण्टा बिजुली आपूर्ति बन्द हुने

काठमाडौँ । टेकुस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनबाट आपूर्ति भइरहेको बिजुली बन्द हुने भएको छ । भोलि बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा विद्युत् प्रभावित हुने भएको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नति गरी टेकू-स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेको छ । प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर-१ प्यानल तथा दुईमध्ये …

पुरा पढ्नुहॊस »

सुन प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुग्यो (नामावलीसहित)

काठमाडौँ । सुन तस्करी आरोपमा पक्राउ पर्नेको सङ्ख्या १० पुगेको छ । राजस्व अनुसन्धान विभागले थप तीन जना कार्गो कम्पनी सञ्चालकलाई समातेसँगै पक्राउ पर्नेको सङ्ख्या १० पुगेको हो । विभागले करिब एक सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै उनीहरूलाई बिहीबार पक्राउ गरेको छ । जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए …

पुरा पढ्नुहॊस »

फेरि भारी वर्षा (तीन दिनको पूर्वानुमान)

काठमाडौं । देशका विभिन्न भू-भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।केही क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बिहान सामान्य बदली रहँदा बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्य बदली रहेको छ । गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ …

पुरा पढ्नुहॊस »

बरामद भएको सुन बट्टासहितै जोख्दा १५५ केजी पुग्यो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट बरामद भएको सुन राष्ट्र बैंकले सुनको तौल लिएको छ । उक्त बट्टा (ब्रेक शु)सहित जोख्दा १५५ केजी सुन भएको राजश्व अनुसन्धान विभाग स्रोतले जनाएको ट । बरामद भएको सुन नाँपजाँच गर्नका लागि टक्सार महाशाखा ल्याइएको थियो । बुधबार विमानस्थल भन्सार जाँचपास भएर ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरामद गरिसकेपछि राजश्व अनुसन्धान विभागले गुणस्तर जाँच र तौलका लागि बालुवाटारस्थित नेपाल राष्ट्र बैंकबाट पठाएको थियो । ‘कुल एक …

पुरा पढ्नुहॊस »

राष्ट्रपति पौडेलद्वारा अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै राष्ट्रपति पौडेलले गत असार ३१ गते ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रमाणीकरण गरेको बताएका हुन् । सङ्घीय संसदको दुवै सदनबाट पारित भएका विधेयकहरू राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनको रूपमा कार्यान्वयनमा जाने संवैधानिक व्यवस्था छ ।

पुरा पढ्नुहॊस »

मैले अवैध सुन ल्याएको भए डाँडा काटिसक्थेँ : दीपक मल्होत्रा

काठमाडौं । व्यवसायी दीपक मल्होत्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन प्रकरणमा आफ्नो संलग्नता नभएको बताएका छन् । उक्त प्रकरणमा उनको संलग्नता भएको भन्दै समाचार प्रकाशन भएको थियो । उक्त समाचारको खण्डन गर्न आयोजित पत्रकार सम्मेलनमा उनले समाचार संस्था तथा पत्रकारले माफी नमागे आफू कानुनी उपचारमा जाने बताएका छन् । ‘यसबाट समाचार लेख्ने पत्रकार, उक्त प्रकाशन संस्थाको नियत राम्रो नभएको स्पष्ट देखिन्छ, उनले भने, ‘एउटा पत्रकारको अनुमान र आशंकाका आधारमा …

पुरा पढ्नुहॊस »

उपेन्द्रसँग चुनाव लड्न माओवादीबाट जनमत पसेका कुशवाह निष्कासित

काठमाडौँ । जनमत पार्टीले नेता शिवचन्द्र कुशवाहासहित ५ जनालाई निलम्बन गरेको छ । अनुशासन उल्लंघन गरेको आरोपमा उनीलाई कारबाही गरिएको हो । माओवादी केन्द्र त्यागेर जनमत पार्टीमा प्रवेश गरेका शिवचन्द्र कुशवाहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ । उनी गत उपनिर्वाचनमा बारा २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका हुन् । बुधबार बसेको पार्टी अनुशासन समितिले शिव चन्द्र कुशवाहा (बारा), गुलाब मण्डल (सप्तरी), शंकर …

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा सुनचाँदी अहिलेसम्मकै महँगो भएको छ । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गएको जेठ १८ गते सुनको भाउ उच्च १ लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको थियो । बुधबार तोलामा एक लाख १३ हजार एक सय रुपैयाँ थियो । चाँदीको मूल्यले भने नेपाली बजारमा तीन दिनयता दैनिक उच्च रेकर्ड …

पुरा पढ्नुहॊस »