आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का दोषी ठहर

काठमाडौँ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई एक वर्ष तीन महिना कैद सजाय सुनाइएको छ । गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा खडकालाई दोषी ठहर गर्दै विशेष अदालतले शुक्रबार यस्तो सजाय सुनाएको हो ।

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इaजलासले यस्तो फैसला सुनाएको हो ।

खड्का र उनकी श्रीमति शर्मिलाको नाममा रहेको घर, जग्गा, बैंक ब्यालेन्स, सेयरलगायतका सबै सम्पत्ति जफत गर्न अदालतले आदेश दिएको हो । उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ पुस २३ गते आरोप पत्र दायर गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री