ढल्यो एमाले नेतृत्वको कोशी सरकार, मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा विश्वासको मत पाउन राखेको प्रस्ताव प्रदेशसभाको बहुमतले अस्वीकृत गरेको छ । उनले विश्वसाको मत पाउन नसक्दा नेकपा एमाले नेतृत्वको कोशी सरकार ढलेको छ ।

मुख्यमन्त्रीमा विश्वासको मत पाऊँ भनेर मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ मत प्राप्त गरे । तर, उनको विपक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ४३ सांसदले मतदान गरे ।

९३ सदस्यीय प्रदेशसमाबाट विश्वासको बहुमत पाउन ४७ मत पाउनु पर्ने थियो । तर, जसपा तटस्थ बसेको थियो भने केही दुई सांसद अनुपस्थित रहेका थिए । कार्कीको नेतृत्वमा २४ पुसमा सरकार गठन भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उग्रतारा मेलामा देउवा दम्पती (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा देहिजात नामले प्रसिद्ध डडेल्धुराको उग्रतारा मेलामा सहभागी भएका छन् । शुक्रबार साँझदेखि सुरु भएको मेला शनिबार साँझ सकिएको छ । उग्रताराको प्रसाद ग्रहणपछि पूर्वप्रधानमन्त्री देउवाले स्थानीय वेद विद्याश्रमका निम्ति भौतिक पूर्वाधार निर्माणको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र प्रतिपदाका दिन उग्रतारा मेला लाग्ने गरेको छ ।

प्रतिकृया दिनुहॊस