Tag Archives: mainnews

निजी विद्यालयलाई बालेनको निर्देशन- सामुदायिक सरहको तलब दिनू

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएका छन् । आज सामाजिक सञ्जालमार्फत् प्रमुख शाहले सरकारले तोकेअनुसारको तलब सुविधा प्राप्त नभए महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकलाई अनुरोध समेत गरेका छन् । महानगरका संस्थागत (निजी) विद्यालयका शिक्षकबाट तलबका विषयमा गुनासो आउने गरेको समेत उनले उल्लेख गरेका छन् । ‘शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत …

पुरा पढ्नुहॊस »

देउवाले तरूण दलमा गरे ४ सय सदस्य मनोनीत (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल तरूण दल विस्तार गरेका छन् । सभापति देउवाले बुधबार तरूण दल तदर्थ समितिमा ४ सय जनालाई मनोनीत गरेका हुन् । नेता शेखर कोइराला, महामन्त्री गगन थापालगायत समूहलाई समेटेर विस्तार गरिएको बताइन्छ । यसअघि तरूण दल एक सदस्यीय मात्रै थियो, अध्यक्ष विद्वान गुरूङ हुन् ।

पुरा पढ्नुहॊस »

अमेरिकी वाणिज्य दूतावास नजिकै गोली चल्यो, नेपाली सुरक्षागार्डको मृत्यु

एजेन्सी । साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै गोली चलेको छ । बुधबार गोली लागेर वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदार र अर्का बन्दुकधारी गरी दुई जनाको मृत्यु भएको हो । वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदार घाइते र पछि मृत्यु भएको बताइएको छ । नेपाली मृतक गार्डको बारेमा थप जानकारी भने खुलिसकेको छैन । अमेरिकी विदेश मन्त्रालयका अनुसार यस घटनामा कुनै …

पुरा पढ्नुहॊस »

रास्वपाले तोक्यो ७७ जिल्लाका लागि सम्पर्क सांसद (नाम र नम्बरसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७७ वटै जिल्लामा सम्पर्क सांसद तोकेको छ । देशभरका नागरिकहरुले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न सघाउ पुगोस् भनेर सम्पर्क सांसद तोकिएको हो । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा साझा गरिएको पोष्टमा भनिएको छ, ‘देशको विद्यमान राजनैतिक परिस्थिति चुनौतिपूर्ण छ । एकअर्कामा खुट्टा तान्ने होडमा रहेका तमाम नेता र पद र सत्ताका लागि गठबन्धन गर्ने, नागरिकका सवालमा विमुख हुने दलहरुका कारण देश थप अस्थिरताको …

पुरा पढ्नुहॊस »

विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की, यस्तो छ अंकगणित ?

काठमाडौँ । माओवादीले सरकार छाडेपछि अल्पमतमा परेका कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने भएका छन् । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकको कार्यसूचीमा ‘विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने’ विषय राखिदिन सूचित गराएका हुन् । सचिव पराजुलीका अनुसार बिहीबार सुरु हुने प्रदेशसभाको तेस्रो अधिवेशनको सम्भावित कार्यसूचीमा प्रदेश प्रमुख पर्शुराम खापुङले पठाएको अधिवेशन आह्वानको पत्र सभामुख बाबुराम गौतमले पढेर सुनाउने, बजेटसबन्धी अध्यादेश पेस गर्ने, …

पुरा पढ्नुहॊस »

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा …

पुरा पढ्नुहॊस »

भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा …

पुरा पढ्नुहॊस »

यौनिक तथा लैंगिक अल्पसंख्यकको विवाह दर्ता गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको विवाह दर्ता गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । पिंकी गुरूङ भन्ने सञ्जीव गुरूङसहित ९ जनाले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो । न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले निवेदक जोडी र निवेदक सरहका जोडीहरूले निवेदन दिएको अवस्थामा अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्ने व्यवस्था मिलाउन आदेश दिएको छ । अदालतले विपक्षीको नाममा १५ दिनभित्र लिखित …

पुरा पढ्नुहॊस »

ललिता निवास प्रकरण : पक्राउ परेका ४ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सरकारी लिखत किर्ते गरेर पास गर्ने काण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेका ४ अभियुक्तलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले उक्त काण्डमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ४ जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । मंगलबार पक्राउ परेका उनीहरुलाई प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत बुधबार अदालतमा उपस्थित गराएको थियो ।

पुरा पढ्नुहॊस »

बजेटमाथि पहिलो पटक मतदान हुँदा बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान हुँदा बहुमतले पारित भएको छ । बुधबार आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको हो । मत विभाजन हुँदा पक्षमा १४७ र विपक्षमा १०८ मत पर्‍यो । नेकपा एमालेसहितका विपक्षी दलका सांसदहरूले गरेको संशोधन प्रस्ताव अस्वीकृत गर्दै विनियोजन विधेयक मत विभाजन हुँदा बहुमतले पारित भएको हो । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ध्वनि मतबाट पास गर्न निर्णायर्थ पेश गरेको विनियोजन विधेयकलाई …

पुरा पढ्नुहॊस »