Tag Archives: mainnews

ढल्यो एमाले नेतृत्वको कोशी सरकार, मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा विश्वासको मत पाउन राखेको प्रस्ताव प्रदेशसभाको बहुमतले अस्वीकृत गरेको छ । उनले विश्वसाको मत पाउन नसक्दा नेकपा एमाले नेतृत्वको कोशी सरकार ढलेको छ । मुख्यमन्त्रीमा विश्वासको मत पाऊँ भनेर मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ मत प्राप्त गरे । तर, उनको विपक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ४३ सांसदले मतदान गरे । ९३ …

पुरा पढ्नुहॊस »

नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य : आरजु राणा

काठमाडाैं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य रहेको बताएकी छिन् । टोकियोस्थित नेपाली दूतावास, जाइका एन्ड जेट्रो र युएनआइडीओको संयुक्त आयोजनामा जापानको टोकियोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राणाले वैदेशिक लगानी स्वदेशी लगानीको परिपूरकमात्रै नभएर लगानी र बचतबीचको खाडललाई कम गर्ने र विदेशी विनिमय स्रोत पनि भएको स्पष्ट पारेकाे टोकियोस्थित नेपाली दूतावासले जनाएको छ । ‘वैदेशिक लगानी पुँजी …

पुरा पढ्नुहॊस »

मलेसियालाई पराजित गर्दै नेपाल समूह विजेता

काठमाडौँ । एसीसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त प्रतियोगिताको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८४ रनले हराएको हो । पहिले ब्याटिङ गरेको नेपालले जितका लागि मलेसियासामू १८४ रनको चुनौती दिएको थियो । लक्ष्य पछ्याएको मलेसिया ३३.५ ओभर खेलेर ९९ रन बनाउँदै अल आउट भयो । मलेसियाका मोहम्मद हैरिलले ५४ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २५ …

पुरा पढ्नुहॊस »

नारायणगढ-मुग्लिन सडक नखुल्दा यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न अनुरोध

काठमाडौँ । नारायणगढ-मुग्लिन सडकको विकल्प प्रयोग गर्न आग्रह गरिएको छ । पहिरोले बिहीबारदेखि बन्द सडक अझै खुलाउन नसक्दा प्रहरीले यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न अनुरोध गरेको हो । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन । चितवनको इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि उक्त सडक बन्द भएको हो । त्यसपछि सुक्खा पहिरो खसे क्रम जारी छ । पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले …

पुरा पढ्नुहॊस »

अमेरिकी वाणिज्य दूतावासनजिकै गोली चल्दा ज्यान गुमाउने बागलुङका नैनसिंह नेपाली

काठमाडौँ । साउदी अरबमा भएको बन्दुक आक्रमणमा ज्यान गुमाउने नेपाली सुरक्षागार्डको परिचान खुलेको छ । बुधबार जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर गोली हानाहान हुँदा ज्यान गुमाउनेमध्ये एक बागलुङका ६० वर्षीय नैनसिंह नेपाली रहेको खुलेको हो । नेपाली सन् २००१ देखि साउदीमा थिए । साउदीको ओथमान हमेद अल घामदी एन्ड सन्स कम्पनीमार्फत उनी अमेरिकी वाणिज्य दूतावासमा सुरक्षा गार्डका रूपमा गएका थिए । नेपालीको शव अहिले प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ । घटनामा सन्दिग्ध आक्रमणकारीको …

पुरा पढ्नुहॊस »

आज असार १५, दही चिउराको महत्त्व र फाइदा

काठमाडौँ । आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु …

पुरा पढ्नुहॊस »

आज भारी वर्षा, यस्तो छ तीन दिनको मौसमी जानकारी

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी …

पुरा पढ्नुहॊस »

कांग्रेससँग नयाँ सरकारका विषयमा कुरा भएको छैन : ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कुनै कुरा नभएको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुरा नभएको बताए । अध्यक्ष ओलीले भने, ‘कांग्रेससँग मैले प्रस्ताव गरेको छैन, कांग्रेसले पनि मलाई प्रस्ताव गरेको छैन । तपाईं (पत्रकार)मार्फत जानकारी पाइरहेका छौँ ।’ पार्टीका दोस्रो तहका नेतामार्फत कुराकानी गरिएको भन्ने विषय आफूलाई जानकारी नभएको बताए । एक प्रश्नमा …

पुरा पढ्नुहॊस »

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडाैं । पहिरो खसेर चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ। बिहीबार साढे १२ बजे इच्छाकामना गाउँपालिका-६ मुग्लिन-नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै पहिरो खसेको हो । पहिरो खसेर अहिले सडक अवरूद्ध भएको मुग्लिनका ट्राफिक प्रहरी इन्चार्ज सई चुडामणि पोखरेलले जानकारी दिए। पहिरो पन्छ्याउने काम भइरहेको उनले बताए । त्यस ठाउँमा बुधबार साँझ देखि नै पहिरो खसिरहेको उनले बताए । ‘ठूलो पहिरो खसेको होइन । एकचोटी पहिरो खस्छ, त्यसको ५-७ मिनेट …

पुरा पढ्नुहॊस »

यी हुन् सरकारले ६ महिना गरेका मुख्य काम (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारका ६ महिनाका उपल्धि सार्वजनिक गरेको छ । बिहीबार सरकार गठनको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयले ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो । हेर्नुहोस् पूर्णपाठ : पूर्णपाठ

पुरा पढ्नुहॊस »