काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणमा जाँदैछन् । उनी नेपाल एयरलाइन्सको विमानमार्फत दिउँसो १ः२५ बजे भारत प्रस्थान गर्ने समय तालिका रहेको छ । गत पुस १० गते तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्ड पहिलो पटक भारत जाँदैछन् । यो उनको पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपतिसँग भेटवार्ता गर्ने तालिका रहेको छ । उनले भोलि जेठ …
पुरा पढ्नुहॊस »कार दुर्घटनामा उपप्रधानमन्त्री खड्काकी भाइबुहारीको मृत्यु, चालक पनि बिते
काठमाडौँ । बाँकेको राप्तीसोनारी गाउँपालिका-८ ठुडिया खोला नजिकै मंगलबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३३३५ नम्बरको बसले काठमाडौँबाट कोहलपुरतर्फ जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका ३७ वर्षीय सुवास अधिकारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका-५ बस्ने करिब ५४ वर्षीया डा सञ्जु खाती खड्काको मृत्यु भएको …
पुरा पढ्नुहॊस »यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी
काठमाडौँ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज बिहान देशका पहाडी भू-भागहरू आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूका साथै गण्डकी, बागमती र कोशी प्रदेशका …
पुरा पढ्नुहॊस »रेशम चौधरीको आममाफीविरुद्ध परेको रिटमा तोकियो पेसी
काठमाडौं । टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले चौधरीको आममाफी सम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै रिट निवेदन दर्ता गराएकी हुन् । सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट निवेदन दर्ता भई बुधबारका लागि पेसी तोकिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिएका थिए । राष्ट्रपतिको सो …
पुरा पढ्नुहॊस »भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा केपी ओलीको आपत्ति
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा आपत्ति जनाएका छन् । भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नक्सामा लुम्बिनी, कपिलवस्तु र विराटनगर उल्लेख छ । उक्त नक्साप्रति ओलीले आपत्ति जनाएका हुन् । मंगलबार अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतको संसद भवनमा राखिएको अखण्ड भारतको विवादित नक्सामा लुम्बिनी र कपिलवस्तु उल्लेख गरिएको भन्दै सरकारको ध्यानाकर्षण पनि जनाएका छन् …
पुरा पढ्नुहॊस »पुँजीगत खर्च नहुने समस्या अन्त्य गर्ने गरी बजेट बनाइएको छ : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कार्यन्वयनमा आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । अर्थमन्त्रालयमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी उनले यस्तो बताएा हुन् । बजेट प्रणालीमा सुधार गर्ने गरी बजेट ल्याइएको उनले बताए । पूँजीगत (विकास) बजेट खर्च नहुने समस्या समाधान हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याइएको बताएका छन् । ‘पुँजीगत खर्च प्रणालीमा देखिएको समस्या सुधार गर्ने गरी बुँदागत व्यवस्था बजेटमा आएको छ,’ मन्त्री महतले भने,‘ त्यसलाई …
पुरा पढ्नुहॊस »वैदेशिक रोजगारीमा जानेलाई एक प्रतिशत सेवा शूल्य
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानेहरूलाई एक प्रतिशत सेवा शुल्क लगाएको छ । “वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतप्राप्त व्यक्तिले वैदेशिक रोजगारीमा जाने व्यक्तिबाट असुल गरेको रकमबाट एक प्रतिशतका दरले वैदेशिक रोजगार सेवा शुल्क दाखिल गर्नुपर्नेछ”, आर्थिक विधेयकमा भनिएको छ । त्यस्तो रकम वैदेशिक रोजगारमा जाने व्यक्तिको हितमा खर्च गरिने आर्थिक विधेयकमा उल्लेख छ । यस्तो सेवा शुल्क वैदेशिक रोजगार व्यवसायीले हरेक महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरी सोको …
पुरा पढ्नुहॊस »भारतले नेपालको भूभाग समेटेर राखेको नक्साप्रति सांसदको आपत्ति
काठमाडाैँ । भारतले नेपालको भूभागसमेत समेटेर भारतीय संसद भवनमा राखेको नक्साप्रति नेपालका सांसदहरुले संसदीय समितिमा आपत्ति जनाएका छन् । संसदको पूर्वाधार समितिको आजको बैठकमा भारतले नेपालको कपिलबस्तु र लुम्बिनीसहित पाकिस्तानदेखि म्यानमारसम्मको भूभाग समेटेर राखेको नक्साप्रति सांसदहरुले आपत्ति जनाएका हुन् । बैठकमा सांसद ठाकुर गैरले यस विषयमा जिज्ञासा राख्दै भारतीय संसद भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलबस्तुको नाम पनि रहेको विषय के हो ? भनी सरकारसँग जवाफ मागेका छन् । त्यस्तै …
पुरा पढ्नुहॊस »दरबार हत्याकाण्ड, गौर हत्याकाण्डको छानबिन गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्याउने बताएका छन् । मंगलबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ठुला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरूको अनुसन्धान गरी निचोडमा पुग्ने बताएका हुन् । उनले २०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणको बारेमा खोजी नीति गर्ने …
पुरा पढ्नुहॊस »हतियारधारी समूहद्वारा एनएमबि बैंकको शाखा लुटपाट
काठमाडौं । महोत्तरीमा हतियारधारी समूहले दिनदहाडै बैंक लुटेका छन् । मध्याह्न साढे १२ बजेतिर महोत्तरी गाउँपालिका-२, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा लुटपाट भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार ४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख लुटेका हुन् । उनकाअनुसार लुटिएको रकममा २/३ लाख तलमाथि हुनसक्छ । बैंक लुटेपछि उनीहरू मोटरसाइकलमा भागेका थिए । विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको एसपी मल्लको भनाई छ …
पुरा पढ्नुहॊस »