नारायणगढ-मुग्लिन सडक नखुल्दा यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न अनुरोध

काठमाडौँ । नारायणगढ-मुग्लिन सडकको विकल्प प्रयोग गर्न आग्रह गरिएको छ । पहिरोले बिहीबारदेखि बन्द सडक अझै खुलाउन नसक्दा प्रहरीले यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न अनुरोध गरेको हो ।

आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन । चितवनको इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि उक्त सडक बन्द भएको हो । त्यसपछि सुक्खा पहिरो खसे क्रम जारी छ ।

पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाधा पुगेको इलाका प्रहरी कार्यालय (मुग्लिन)का प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनले पहिरो झरेर पहाड बनेको र पन्छाउन छरसात घन्टा लाग्ने बताए । ‘दिनभर पहिरो पन्छाएर पनि सडक सञ्चालन गर्न सक्ने अवस्था छैन’, तामाङले भने ।

सडकमा गाडीको लामो लाइन लागेको छ । सयौँ यात्रु समस्यामा छन् । बर्खा लागेसँगै नारायणगढ-मुग्लिन सडकखण्डमा पटक-पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री