विश्वकप खेल्ने नेपाली टोली घोषणा, को-को परे टिममा ?

काठमाडौं । नेपालले वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ । बुधबार रोहित पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको हो । जसमा अनुभवी खेलाडीहरूले स्थान बनाएका छन् ।

नेपालको टिममा अनिल कुमार शाह, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरीले समेत आफ्नो स्थान पक्का गरेका छन् ।

नेपालको टिम : रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार शाह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा,सागर ढकाल, कमलसिंह ऐरी

टी–२० विश्वकपकमा नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ब्राजिलले कोपा अमेरिकाको पहिलो खेलमै अंक बाँड्यो

काठमाडौं । उपाधि दाबेदार ब्राजिलले कोपा अमेरिका-२०२४ मा निराशाजनक सुरुवात गरेको छ । अमेरिकाको लस …

प्रतिकृया दिनुहॊस