Tag Archives: mainnews

९ महिनापछि संसदीय समितिको नेतृत्व चयन गरिँदै, आज आज सभापतिको उम्मेदवारी दर्ता

काठमाडौँ । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरूप निर्वाचन प्रक्रिया अघि बढ्दैछ । समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान …

पुरा पढ्नुहॊस »

सुन तस्करी प्रकरण : प्रहरीले माग्यो इन्टरपोलको सहयोग

काठमाडाैँ ।नेपाल प्रह रीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले इन्टरपोलको सहयोग मागेको छ । सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)लाई सहयोगका लागि पत्राचार गरेको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले इन्टरपोल हङ्कङ र भारतलाई सहयोगका लागि पत्राचार गरिएको जानकारी दिए। गत साउन ३ गते हङ्कङबाट ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय …

पुरा पढ्नुहॊस »

कहिले सुध्रिन्छ मौसम ? (तीन दिनको पूर्वानुमान)

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै हाल बङ्गलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ …

पुरा पढ्नुहॊस »

आफ्नो देशमै केही गरौँ

नेपालको अस्थिर राजनीति, गुणस्तरीय शिक्षा र रोजगारीको अवसरका लागि किशोर किशोरीहरूको गन्तव्य अहिले तेस्रो मुलुक भएको छ । युवाहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने परम्परासँगै अहिले कक्षा १२ पास पश्चात् किशोर किशोरीहरू उच्च शिक्षाका साथसाथै रोजगारीका लागि तेस्रो मुलुक जान थालेका हुन् । यो रहर नभएर बाध्यता भएको उनीहरूको भनाई छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सर्वेक्षण अनुसार २०६९ फागुनसम्मको अवधिमा उच्च शिक्षा अध्ययनका लागि ५ लाख १३ हजार ६२ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । जुन अनुपात आर्थिक वर्ष २०७०/०७१ देखि बढ्दो रहेको छ ।

पुरा पढ्नुहॊस »

[विचार] विपीलाई बोलीमा होइन व्यवहारमा मानौँ

विपी कोइराला बहुआयामिक व्यक्तित्व थिए । कलकत्ता विश्वविद्यालयमा कानूनी अध्ययन सँगै उनी राजनीतिमा सक्रिय रहे । विपीमा राजनीतिक स्थिरता थियो । उनी अस्थिर थिएनन् । असहिष्णु पनि थिएनन् । उनी विचारको आलोचना एकतर्फी ढंगमा गरिनुहुँदैन भन्ने मान्यता राख्दथे । कुनैपनि देशको मूलनीति नै राजनीति हो ।

पुरा पढ्नुहॊस »

अर्थमन्त्री डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित

काठमाडौं । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार एसेम्बलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित हुनु भएका हुन् । यस अगाडि मन्त्री डा.महतले विश्व वातावरण कोषको एसेम्वली बैठकमा सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताए । …

पुरा पढ्नुहॊस »

वर्षायाममा कस्तो खानेकुरा खानुपर्छ ?

काठमाडौं । वर्षायाममा अरू बेला भन्दा रोगले बढी सताउँछ । चर्को गर्मीका कारण पसिना आउने, डिहाइड्रेसन, उकुसमुकुस, अल्छीपन, आलस्यता लगायतका समस्याहरू देखिन्छन् । वर्षायाममा रुघाखोकी, झाडापखाला, टाइफाइड, फ्लुजस्ता रोगले अधिक सताउँछ । यो मौसममा खानपानमा विशेष ध्यान पु-याउनुपर्छ । सकेसम्म ताजा खानेकुरा खानुपर्छ । बासी खानेकुरा नखाँदा फाइदा पुग्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि प्रोटिन, भिटामिन, मिनरल्सयुक्त खानेकुरा धेरै मात्रामा खानुपर्छ । वर्षायाममा काउली, भन्टा, केराउ, गोलभेँडा, हरियो सागपात, …

पुरा पढ्नुहॊस »

अर्थमन्त्री र गभर्नर असोजमा इजिप्ट जाने

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महत र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी असोजमा इजिप्ट भ्रमणमा जाने भएका छन् । अर्थमन्त्री र गभर्नर एशियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौं वार्षिक बैठकमा भाग लिन त्यसतर्फ जाने भएका हुन् । मन्त्री तथा गभर्नरको भ्रमण मन्त्रिपरिषदको बैठकबाट स्वीकृत भैसकेको छ । बैठक असोज ८ गतेदेखी १० गतेसम्मको लागि चल्नेछ ।

पुरा पढ्नुहॊस »

अब विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने

काठमाडाैँ । जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेर समस्यामा परेका विद्यार्थीका लागि अब सहज भएको छ । सरकारले यससम्बन्धी नियमावली संशोधन गरी फरक विवरण सच्याउन पाउने व्यवस्था गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियम, २०८० संशोधन गरेको हो । संशोधनअनुसार अब यसअघिका जुनसुकै समयका प्रमाणपत्र पनि सच्याउन सकिनेछ । यसअघि प्रमाणपत्र पाएका मितिले ६ महिनाभित्र सच्याउनका लागि दरखास्त दिनुपर्ने प्रावधान थियो । …

पुरा पढ्नुहॊस »

यी पाँच प्रदेशमा झरी, कहिले सुध्रिन्छ मौसम ?

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कोशी, मधेस, …

पुरा पढ्नुहॊस »