काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा किर्तेमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २ सय ८९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । जिल्ला अदालतमा २ सय ८९ जनालाई प्रतिवादी बनाइए पनि बिगो मागदाबी भने २ सय ३९ जनासँग मात्रै गरिएको छ । यस प्रकरणमा सिआइबीको अनुसन्धान प्रतिवेदनलाई आधार मानेर सरकारी वकिल कार्यालयले ‘हाई प्रोफाइल’ पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल तथा तत्कालीन मुख्यसचिव लीलामणि पौडेललाई उन्मुक्ति दिँदै त्यतिबेलाका …
पुरा पढ्नुहॊस »छैन भारी वर्षा (तीन दिनको पूर्वानुमान)
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै मंगलबार …
पुरा पढ्नुहॊस »अनामनगरका अवैध संरचनामा महानगरले चलायो डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार अनामनगरस्थित धोबी खोलाको मापदण्ड मिचेर बनाइएका संरचना हटाएको छ । भाटभटेनी नजिकैको पुलबाट थापा गाउँ तिरको उत्तरतर्फ करिब दुई रोपनी क्षेत्रफलमा बनाइएका अवैध संरचनामा डोजर चलाएको हो । उनका अनुसार त्यहाँ मोटर साइकल ग्यारेज र चमेनागृह सञ्चालनमा थिए । संरचना हटाउन महानगरले ठूलो संख्यामा नगर प्रहरीको उपस्थित गराएको थियो । बाँकी खोला किनारका अन्य अवैध संरचना हटाउने कामलाई निरन्तरता दिने महानगरले बताएको छ । यसअघि …
पुरा पढ्नुहॊस »१० समितिका सभापतिमा ११ जनाको उम्मेदवारी
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीकातर्फबाट आज उम्मेदवारी दर्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । दशमध्ये नौ समितिको सभापतिमा एकल उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित …
पुरा पढ्नुहॊस »ललितानिवास प्रकरणमा जोडिएका दाङका सिडिओ मन्त्रालय तानियो
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा जोडिएका दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई गृह मन्त्रालयले जिम्मेवारीबाट हटाइएको छ । मन्त्रालयले सिडिओ वैद्यलाई मन्त्रालयको जगेडामा राखेको हो । उनीमाथि लागेको आरोपबारे छानबिन गर्न सजिलो होस् भनेर वैद्यलाई मन्त्रालय तानिएको बताइएको छ । वैद्य भूमि सुधार मन्त्रालयमा हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा सहभागी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रतिवेदनमा उल्लेख छ । ललिता निवास जग्गा प्रकरणमा …
पुरा पढ्नुहॊस »तीन हजार १ सय सर्किट किलोमिटर प्रसारण लाइन थपियो
काठमाडौँ । बिजुलीको सहज प्रसारण तथा वितरणका लागि सरकारले प्रमुख प्राथमिकताका साथ प्रसारण लाइन निर्माण अगाडि बढाएको छ । आन्तरिक तथा बाह्य रुपमासमेत सहज बिजुली प्रवाहका लागि प्रसारण महासञ्जाल निर्माणमा सरकारले गरेको लगानीको प्रतिफलसमेत क्रमशः देखिन थालेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रसारण लाइन निर्माणलाई महत्वका साथ अगाडि बढाएको जनाएको छ । कार्यान्वयन गर्ने निकायका रूपमा रहेको नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ । …
पुरा पढ्नुहॊस »सीआईबीले नाम नदिएका सञ्चार मन्त्रालयका सचिव राउतविरुद्ध पनि मुद्दा दायर
काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सूचना प्रविधि तथा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतविरुद्ध पनि मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नाम नदिएका राउतविरुद्द पनि मुद्दा दायर भएको हो । सीआईबीले २८६ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेपनि सरकारी वकिलको कार्यालयले ४ जना थपेर २९० जनालाई प्रतिवादी बनाएको छ । सरकारी वकिल कार्यालयले राउतविरुद्ध सरकारी किर्तेको कसुरमा उनीविरुद्ध मुद्दा लगाएको हो ।
पुरा पढ्नुहॊस »ललिता निवास प्रकरण : २९० जनाविरुद्ध मुद्दा दर्ता, संगठित अपराधमा मुद्दा नचलाइने
काठमाडौँ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । सरकारी वकिलको कार्यालयले केही बेरअघि काठमाडौँ जिल्ला अदालतमा अभियोजन दर्ता गराएको हो । उनीहरुविरुद्ध संगठित अपराधको आरोपमा मुद्दा नचलाउने भएको छ । कानून जारी हुनुभन्दा पहिले ललिता निवास जग्गा अनियमितता भएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयले कीर्तेको अभियोगमा मात्रै कारबाही गर्ने मागदावी लिएको हो । सरकारी किर्तेमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको व्यवस्था …
पुरा पढ्नुहॊस »कांग्रेसले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार (सूची)
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको नाम टुंगो लगाइको छ । संसदीय समितिको नेतृत्वका लागि आज हुने मनोनयनको लागि कांग्रेले आफ्नो भागमा परेको चार वटा समितिको सभापतिको उम्मेदवारहरुको नाम टुंगो लगाएको हो । राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति भएको छ । लामो समय रिक्त रहेको संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन हुँदैछ । …
पुरा पढ्नुहॊस »ललिता निवास जग्गा प्रकरण : अदालत खुल्नासाथ अभियोजन दर्ता गरिँदै
काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौँले ललिता निवास प्रकरणबारे आज अदालतमा अभियोजन दर्ता गर्ने भएको छ । शुक्रबार नै मुद्दा दर्ताको तयारी गरेपनि प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न नभ्याइएकाले आज काठमाडौँ जिल्ला अदालतमा अभियोजन दर्ता गरिने भएको हो । ललिता निवासको सरकारी जग्गा हिनामिना गरी व्यक्तिका नाममा लगेको विषयमा अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले २८६ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । प्रतिवेदनमा चार पूर्वमन्त्री तथा …
पुरा पढ्नुहॊस »