वर्षायाममा कस्तो खानेकुरा खानुपर्छ ?

काठमाडौं । वर्षायाममा अरू बेला भन्दा रोगले बढी सताउँछ । चर्को गर्मीका कारण पसिना आउने, डिहाइड्रेसन, उकुसमुकुस, अल्छीपन, आलस्यता लगायतका समस्याहरू देखिन्छन् । वर्षायाममा रुघाखोकी, झाडापखाला, टाइफाइड, फ्लुजस्ता रोगले अधिक सताउँछ । यो मौसममा खानपानमा विशेष ध्यान पु-याउनुपर्छ । सकेसम्म ताजा खानेकुरा खानुपर्छ । बासी खानेकुरा नखाँदा फाइदा पुग्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि प्रोटिन, भिटामिन, मिनरल्सयुक्त खानेकुरा धेरै मात्रामा खानुपर्छ ।

वर्षायाममा काउली, भन्टा, केराउ, गोलभेँडा, हरियो सागपात, बोडी, फर्सी, फर्सीको मुन्टा खानु लाभदायक हुन्छ । यी तरकारीमा भिटामिन, मिनरल्स धेरै मात्रामा पाइन्छ । यस मौसममा मसालेदार खानेकुरालाई कम खानु बेस हुन्छ । बढी मसालेदार खानेकुरा खाँदा शरीरको तापक्रम र रक्तसञ्चार बढ्न सक्छ ।

नुन पनि यो मौसममा कम खानु राम्रो हुन्छ । बढी नुनिलो खाँदा शरीरको पानी सुक्ने भएकाले यसको सेवन कम गर्नुपर्छ । तरकारी पकाउँदा राम्ररी पखाल्ने र पाकेपछि समयमै खाँदा ठिक हुन्छ । ताजा तरकारी खाँदा त्यसमा भएको मिनरल्स नष्ट हुन पाउँदैन । यसबाट तन्दुरुस्त र रोगसँग लड्ने क्षमता पनि बढाउँछ ।

फलफूल : वर्षायाममा सन्तुलित रुपमा फलफूल खानुपर्छ । आँप, स्याउ, अनार, अम्बा, नासपती खानु राम्रो हुन्छ । फलफूल खाँदा राम्रोसँग पखालेर मात्र खाने गर्नुपर्छ । स्वादका लागि फलफूलको जुस बनाएर पनि खान सकिन्छ ।

उच्च प्रोटिन : वर्षायाममा शरीरमा प्रोटिनको मात्रा पूरा गर्नु पनि उत्तिकै जरुरी हुन्छ । दूध, दही, गेडागुडी, च्याउ, मासुजस्ता खानेकुरा प्रशस्त मात्रा खानुपर्छ । यी खानेकुराले शरीरलाई स्वस्थ बनाउँछ र रोगसँग लड्ने क्षमता बढाउँछ । दूध उमालेर, दही (जस्तो छ त्यस्तै) अन्य खानेकुरा झोल वा ग्रेभी बनाएर खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

फाइबरयुक्त खाना : उच्च प्रोटिनयुक्त खानेकुरा पचाउनका लागि फाइबरको पनि जरुरी हुन्छ । त्यसका लागि सलाद, एभोकाडो, स्याउ, काफल, केरा, सुन्तला, बदाम, ओखर, पेस्टा, बाबरी, सौफ, राजमा, सोयाबिन, दाल खान सकिन्छ । फाइबरयुक्त खानेकुराले पेट सफा राख्छ । घिउ, चीज, बटर पनि सन्तुलन मिलाएर वर्षायाममा खान सके फाइदा पुग्छ ।

पानी : वर्षायाममा पानी प्रशस्त पिउनुपर्छ । पानी सकेसम्म चिसो नखाँदा ठिक हुन्छ । किनकि ढल फुट्ने समस्या, खानेपानीको पाइप फुटेर त्यही ढलको पानी मिसिने जोखिम अत्यधिक हुन्छ । यसको असर पिउने पानीमा पर्छ । त्यसैले पानी उमालेर सेलाएर र फिल्टर गरेर मात्र पिउने गर्नुपर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वकै प्रदूषित शहरमा काठमाडौंको ह्याट्रिक

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस