काठमाडौँ । प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । संसद् सचिवालयका अनुसार बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची तय भएको छ । त्यसैगरी सभामुखले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने छन् । आजै ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि …
पुरा पढ्नुहॊस »एमालेमा कर्णाली र कोशीको अध्यक्ष चुन्न आज मतदान
काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको हो । यसअघि अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएकामा दुई जनाले उम्मेदवारी फिर्ता लिएका थिए । कर्णाली प्रदेशसभा पूर्वसभामुख राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका थिए । सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा …
पुरा पढ्नुहॊस »चार प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको मौसमविदले जनाएका छन् । यस्तै नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोशी, मधेस, बागमती, र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, …
पुरा पढ्नुहॊस »अर्थतन्त्र सुधारोन्मुख छ, हल्ला चाहिँ गलत फैलियो : अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको दावी गर्दै गलत हल्लाका कारण मात्र परिस्थति प्रतिकूल बन्न गएको बताएका छन् । शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको ५६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले गलत हल्लाका कारण पैसा भएका निजी क्षेत्र लगानी नगरेर प्रतिक्षारत रहेकाले पनि यस्तो स्थिति सिर्जना भएको बताए । उनले देशको अर्थ व्यवस्थामा क्रमिक सुधार भइरहेको दावी गरे । कोभिडको अन्त्यपछि पर्यटकको आगमनमा वृद्धिका कारण …
पुरा पढ्नुहॊस »भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति, ४४ मेगावाट बिक्री गर्न पाउने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज (आईएक्स) को रियल टाइम मार्केटमा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) बिडिङ गरी बिजुली बेच्दै आएको प्राधिकरणले अबदेखि सवा घण्टाअघि बिडिङ गरी विद्युत् बिक्री गर्न पाउने भएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले शनिबार रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो । यसअन्तर्गत उत्पादनअनुसार …
पुरा पढ्नुहॊस »विमानस्थलबाट फेरि सुन बरामद : झण्डै तीन किलो ल्याउने महिला पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद हुने क्रम अझै रोकिएको छैन । त्रिभुवन विमानस्थलबाट झण्डै तीन किलोग्राम सुनसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा फिलिपिनी नागरिक रहेको प्रहरीले जनाएको छ । दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित शुक्रबार साँझ पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए । उनका अनुसार बरामद सुन झण्डै तीन किलोग्राम छ । ‘दुबईबाट काठमाडौं आउँदै गरेको फिलिपिनो …
पुरा पढ्नुहॊस »चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइ दिएको छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमणले नेपाल-चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाएको बताएका छन् । साता लामो चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँगको छलफलले आपसी विश्वासलाई थप उचाइ दिएको दाबी गरे । ‘नेपाल र चीनबीच आपसी विश्वास थप सुदृढ भएको छ, ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाएको छ’, उनले भने, ‘चीनका राष्ट्रपति सी …
पुरा पढ्नुहॊस »सुरुभयो सोह्र श्राद्ध, पितृऋणबाट मुक्त भइने धार्मिक विश्वास
काठमाडौं । सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व, यज्ञ तथा ठूलाकार्य …
पुरा पढ्नुहॊस »अनमोल केसी अस्पतालमा भर्ना
काठमाडौं । अभिनेता अनमोल केसी अस्पतालमा भर्ना भएका छन् । शुक्रबार आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अभिनेता केसी गएराति नर्भिक अस्पताल भर्ना भएका हुन् । अभिनेता केसीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार साँगाबाट पक्राउ गरेको थियो । रावायण नाम फिल्म खेल्नका लागि १० लाख रूपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै चन्द्रकला कटवाल थापाले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । उजुरी परेपछि पटपटक छलफलका लागि …
पुरा पढ्नुहॊस »अभिनेता अनमोल केसी प्रहरी नियन्त्रणमा
काठमाडौँ । अभिनेता अनमोल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेपलाञ्चोकको साँगाबाट पक्राउ गरेको हो । उनीमाथि आर्थिक ठगी गरेको उजुरीपछी अदालतबाट अनुमति लिएर प्रहरीले पक्राउ गरेको हो । चलचित्र ‘रावायण’मा काम गर्ने सहमति जनाएर अन्तिम अवस्थामा धोका दिएपछि केसीविरुद्ध निर्देशक-निर्माता सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्म्सले उजुरी हालेको थियो । उजुरी आएपछि अपराध अनुसन्धान कार्यालयले केसीलाई छलफलका लागि कार्यालयमा बोलाएको थियो । तर …
पुरा पढ्नुहॊस »