Tag Archives: mainnews

ललिता निवास प्रकरण: सीआईबीले बुझायो रायसहितको अनुसन्धान प्रतिवेदन

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ललिता निवासको सरकारीे जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन प्राप्त भएको जानकारी दिए । सिआइबीले उक्त प्रकरणमा संलग्न भनिएकाहरुसँग आइतबार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको बयान लिएको थियो भने सोमबार नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, …

पुरा पढ्नुहॊस »

एक महिनामा तीन हजारले घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एक महिनाको अवधिमा तीन हजारले घटेको छ । गत साउनको पहिलो साता प्रतितोला एक लाख १३ हजार एक सय रुपियाँ पुगेको सुनको मूल्य अहिले तोलामा तीन हजार घटेर एक लाख १० हजार तीन सय रुपियाँमा कारोबार भएको हो । साउनको पहिलो साता प्रतितोला साता एक लाख १३ हजार रुपियाँ पुगेको सुनको मूल्य त्यसपछि क्रमिक रूपमा घट्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । …

पुरा पढ्नुहॊस »

सक्रियता होइन, चिन्ता व्यक्त गरेको हुँ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको आभास भएको बताएका छन् । बिहान शीतल निवासमा बोलाइएको सर्वदलीय बैठकमा उनले यस्तो बताएका हुन् । संवैधानिक मर्म र भावनाअनुसार हामी हिँड्न सकेका छौँ कि छैनौँ भनेर पनि सोच्नुपर्ने बेला भएको उनको भनाई छ । ‘अहिले आएर कता कता हाम्रो संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको छ,’ बैठकमा राष्ट्रपति पौडेलले …

पुरा पढ्नुहॊस »

पक्राउ पुर्जी जारी भएका गच्छदार र साहसँग सीआईबीले लियो बयान

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री विजयकुमार गच्छदार र पूर्वराज्यमन्त्री सञ्जय साहसँग बयान लिएको छ । उनीहरूसँग बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले बयान लिएको हो । सोमबार साँझ अनुसन्धान अधिकृतहरूले गच्छेदारसँग महाराजगञ्जस्थित सिआईबीमा बयान लिएका हुन् । पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । तर, प्रहरीले उनलाई बयान लिएर छाडेको छ । यस्तै नख्खु कारागारमा थुनामा रहेका …

पुरा पढ्नुहॊस »

डेंगु नियन्त्रणका लागि नेपालमै पहिलोपटक ‘वायो लार्भिसिद’ छर्कँदै काठमाडौँ महानगर (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेंगु सङ्क्रमण नियन्त्रणका लागि ‘वायो लार्भिसिद’ (bio larvicide) छर्कने भएको छ । महानगरले डेंगी रोग फैलन नदिन, लाम्खुट्टेको लार्भा नस्ट गर्न नेपालमै पहिलोपटक  ‘वायो लार्भिसिद’ छर्कने भएको हो । नियमित पानी परिरहेको समयमा प्रयोग गर्न नमिल्ने उक्त औषधि पानी पर्न रोकेसँगै कामपाको ३२ वटै वडाका पानी जमेको स्थानमा प्रयोग गरिने मेयर बालेन शाहले उल्लेख गरेका छन् । उक्त औषधि प्रयोग गरेपछि पानीमा रहेका लामखुट्टेका लार्भा नष्ट …

पुरा पढ्नुहॊस »

उच्चस्तरीय छानबिन समिति गठन गर्ने/नगर्ने विषयमा निर्णायक संवाद

काठमाडौँ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूको बैठकले संसद् खुलाउन सहमतिको मस्यौदा तयार गर्न तीन सदस्यीय समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार राति बसेको बैठकले सत्ता साझेदार र प्रतिपक्षी दलका नेता सम्मिलित समिति गठन गरेको हो । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, नेपाल कम्युनिस्ट पार्टी एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र नेपाल कम्युनिस्ट पार्टी …

पुरा पढ्नुहॊस »

आज पाँच प्रदेशमा भारी वर्षा (तीन दिनको पूर्वानुमान)

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौँ । हाल नेपालमा भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम …

पुरा पढ्नुहॊस »

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्त गरेका छन् । संसदीय सुनुवाई समितिले सोमबार नै गरेको सुनुवाईमा सर्वसम्मत अनुमोदित भएपछि राष्ट्रपति पौडेलले संबिधानको धारा १२९ को उपधार २ बमोजिम श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

पुरा पढ्नुहॊस »

आजको भोली नै प्राप्त हुने सफलता दिगो हुँदैन : सिइओ श्रेष्ठ (अन्तरवार्ता)

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सिइओ उर्मिला श्रेष्ठसँग गरिएको कुराकानी :- तपाईँ महिलाहरूलाई जागरूक बनाएर उद्यमी बनाउने प्रेरणाको स्रोत हुनुहुन्छ, यतिधेरै सकारात्मक ऊर्जा कसरी आउँछ ? मैले आफ्नो लागि मात्रै सोच्दिन । एक्लैले गरेका कामहरू सफल पनि हुँदैनन् । समूह कार्य बाट नै सफलता हात पार्न सकिन्छ । समूहमा ताकत हुन्छ । मेरो ऊर्जाको स्रोत भनेको सम्पूर्ण महिला दिदीबहिनीहरू हुनुहुन्छ । उहाँहरूको क्षमता, योग्यता, धैर्यता नै सबैभन्दा ठूलो शक्तिको स्रोत हो …

पुरा पढ्नुहॊस »

जीवन बिमा कम्पनीहरुले ६५ प्रतिशतले बढाए मुनाफा

काठमाडाैं । सञ्चालनमा रहेका १२ वटा जीवन बिमा कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेका छन्। रिपोर्टअनुसार जीवन बिमा कम्पनीहरुको नाफा गत वर्षको अन्तिम त्रैमाससम्ममा ६५.३५ प्रतिशतले बढेर ३ अर्ब ६८ करोड २३ लाख १४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसैअवधिमा यिनीहरुले २ अर्ब २२ करोड ६९ लाख रुपैयाँ नाफा कमाएका थिए। पूनर्बिमा कमिसन, लगानी तथा अन्य स्रोतबाट हुने आम्दानी बढेका कारण खुद नाफामा सुधार देखिएको हो। साथै,कतिपय …

पुरा पढ्नुहॊस »