[विचार] विपीलाई बोलीमा होइन व्यवहारमा मानौँ

  • कल्पना शर्मा

विपी कोइराला बहुआयामिक व्यक्तित्व थिए । कलकत्ता विश्वविद्यालयमा कानूनी अध्ययन सँगै उनी राजनीतिमा सक्रिय रहे । विपीमा राजनीतिक स्थिरता थियो । उनी अस्थिर थिएनन् । असहिष्णु पनि थिएनन् । उनी विचारको आलोचना एकतर्फी ढंगमा गरिनुहुँदैन भन्ने मान्यता राख्दथे । कुनैपनि देशको मूलनीति नै राजनीति हो ।

विपी कोइरालाले नेपालमा पञ्चायती शासनसत्ता चलिरहँदा वि.स.२०२४ सालमा नेपालका थुप्रै युवालाई भेला गराएर भारतको बनारसमा प्रजातान्त्रिक युवक दल गठन गरेका थिए । यो अभियानमा शिक्षित युवाहरूको बाहुल्यता थियो । विपीले प्रतिपादन गरेका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद नेपाली काँग्रेसका आदर्श हुन् । काँग्रेसका मात्रै होइनन् यिनी कम्युनिष्ट पार्टीका समेत आदर्श हुन् ।

आजकाल विपीले नै स्थापना गरेको पार्टी नेपाली काँग्रेसभित्र विपीको विचार र आदर्शलाई पालना गरेको देखिँदैन । विपीलाई भजाएर चर्का भाषण गर्नेहरूको कमी छैन । विरोधको राजनीति फस्टाएको छ । अरूप्रति औँला उठाएर विरोध गर्नुको साटो आफैभित्रको फोहोरलाई सफा गर्दै परिवर्तनको मार्गमा हिँड्नु उचित हुन्छ । आचरण विचार पुरानै राख्ने तर परिवर्तन नयाँ खोज्ने नेताहरूका कारण आज नेपाली काँग्रेस गम्भीर मोडमा आइपुगेको छ । विपीले आर्थिक अवस्थाको सुधार, उत्पादनमा वृद्धि, सिपमूलक शिक्षा, स्थानीयलाई महत्त्व, मूल्यवृद्धि नियन्त्रण, वैज्ञानिक र आधुनिकताको सही प्रयोग गरेर रोजगारीको स्थापनामा सरकारले महत्त्व दिनुपर्ने भनेर पाँचवटा प्राथमिकताहरू सार्वजनिक गरेका थिए ।

काँग्रेसले बोलीमा मात्र विपीलाई साथ लिएर हिँडेको छ तर व्यवहारमा भने लागू गर्न सकेको छैन जसका कारण प्रजातान्त्रिक पुरानो पार्टीमा राजनीतिक विचलन आएको छ । आजको दिनमा विपीको आदर्श र सिद्धान्तलाई मनन गर्दै अगाडि बढ्नु आवश्यक छ ।

उनै विपीको समाजवाद गहिरिएर जति अध्ययन गर्दै गयो उति समय सान्दर्भिक र औचित्यपूर्ण लाग्छन् । तर आजका दिनमा नेपालका राजनीतिक पार्टीहरूको अवस्था के छ ? उनीहरूले राजनीतिको यात्रालाई कसरी अगाडि बढाइरहेका छन् ? के चुनाव जित्नुमात्रै सफलता हो ? जितेर गइसकेपछि नागरिकको हितका लागि गर्नुपर्ने कामहरू केके हुन् ? ती नेताले भोट माग्न आउँदा केके गरिदिने भनेर बाचा गरेका थिए ? नागरिकको अपेक्षा भनेको शिक्षा, स्वास्थ्य, रोजगारीका विषयमा अनावश्यक झन्झट नहोस् भन्ने हो । उनीहरूले गुणस्तरीय शिक्षा प्राप्त गर्ने, कुनै रोग लागेमा तत्काल उपचार पाउने र क्षमताअनुसारको रोजगारी चाहने हुन् ।

रोग लाग्दा अस्पतालमा दिनभरी लाइन लाग्ने अवस्थाको अन्त्य होस् भन्ने आम नागरिकको चाहना हुन्छ । प्रडक्टिभ समय जति लाईनमैं बसेर बित्न थालेपछि काम कहिले गर्ने ? यी यावत् झन्झट र तनावका कारण ‘फ्रस्टेटेड’ भएर २ छाक टार्नका लागि वैदेशिक भूमिमा आफ्नो परिवार र देश छाडेर नेपाली युवाहरू थुप्रै छन् । नेपालमा करिब १० जनामध्ये ४ जना १६ देखि ४० वर्ष उमेरभित्रका छन् । आफ्नो देश जर्जर हुँदैछ । युवाहरूले अरूको देश बनाइरहेका छन् । वृद्ध, रोगी र बालबालिकाको भरमा यो देश कसरी विकास हुन्छ ? यसको जिम्मेवारी कसले लिने हो ? ८० प्रतिशत कृषि पेशा गर्ने तथ्यांकले बताउँछ तर नागरिक मरुभूमि देशमा भेडा चराउन किन गइरहेका छन् ? आफ्नो देशमा २ छाक खान र जिउ ढाक्ने कपडाको जोहो गर्न नसक्ने अवस्थामा पुर्‍याउने को हुन् ? कुर्सीको भागवण्डा मात्र देख्ने उनीहरूले आफ्ना नागरिकको पीडा किन देख्न चाहेनन् ? मूलभूत प्रश्न यही हो । अबको राजनीति यही ट्रयाकमा चल्ला या परिवर्तन होला ?

आजकाल विपीले नै स्थापना गरेको पार्टी नेपाली काँग्रेसभित्र विपीको विचार र आदर्शलाई पालना गरेको देखिँदैन । विपीलाई भजाएर चर्का भाषण गर्नेहरूको कमी छैन । विरोधको राजनीति फस्टाएको छ । अरूप्रति औँला उठाएर विरोध गर्नुको साटो आफैभित्रको फोहोरलाई सफा गर्दै परिवर्तनको मार्गमा हिँड्नु उचित हुन्छ ।

महान् मानव विपीले देखेको समुन्नत नेपालको परिकल्पना नयाँ पुस्ताले साकार पार्न सक्लान् या त पलायन भएर जालान् ? पुराना, यथास्थितिवादी, जडसुत्रवादीको आरोप लागेका बयोबृद्ध नेताहरूप्रतिको नयाँ पुस्ताको आक्रोश र घृणाले परिवर्तन पक्कै ल्याउला । चर्का भाषण र नारामा मात्रै होइन की यो परिवर्तन नागरिकले महसुस गर्ने खाले हुनु जरुरी छ । तर राजनीति के का लागि ? यो प्रश्नको सटिक जवाफ युवाहरूले चाहेका छन् । राजनीतिको माध्यमबाट देशको परिवर्तन अबको पुस्ताको जिम्मेवारी हो ।

नेपालमा मात्रै नभएर विश्वभर असल छवि बनाएका महान् राजनीतिज्ञ हुन् विपी कोइराला । प्रजातन्त्रका लागि उनी जीवनभर लडिनै रहे । काँग्रेसले बोलीमा मात्र विपीलाई साथ लिएर हिँडेको छ तर व्यवहारमा भने लागू गर्न सकेको छैन जसका कारण प्रजातान्त्रिक पुरानो पार्टीमा राजनीतिक विचलन आएको छ । आजको दिनमा विपीको आदर्श र सिद्धान्तलाई मनन गर्दै अगाडि बढ्नु आवश्यक छ ।

-नवीन सन्देशबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आकाश र धर्ती : बुवा र आमा

आमा धर्ती हुन् भने बुवा आकाश । हामीले यो बच्चैदेखि सुन्दै आएको प्रसंग हो । आमाबिना बुवा र बुवाबिना आमाको अस्तित्व सम्भव छैन । धर्ती र आकाशको संयोजननै बुवा र आमाको अस्तित्व हो अथवा भनौं बुवाआमा दुबैका कारण आज संसार टिकेको छ ।

प्रतिकृया दिनुहॊस