Tag Archives: mainnews

सातै प्रदेश, कहाँको मौसम कस्तो ? यस्तो छ पूर्वानुमान

काठमाडौं । अहिले देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल मनसुन न्युन चापीय रेखा पश्चिमि भूभाग नजिक रहेकोले वर्षा भएको हो । साथै उत्तरी बंगालको खाडीमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फ युक्त हावाको प्रभाव रहेको छ । दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुसूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ …

पुरा पढ्नुहॊस »

थप ८८५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३४ हजार ४ सय नाघ्यो

काठमाडौं । आज बुधबार थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज बुधबार  थप ८८५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १७५  जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १९ हजार ५ सय ४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

निषेधाज्ञाको सातौं दिन सुनसान काठमाडौं [फोटोफिचर]

काठमाडौं । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि उपत्यकामा जारी भएको निषेधाज्ञाको सातौं दिन आज सडक सुनसान देखिएका छन् । सडकमा अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन चलेका छैनन् । औषधी र खाद्यान्नबाहेक अन्य पसल पनि खुलेका छैनन् । तीन महिनासम्म लामो लकडाउन ब्यहोरेका काठमाडौं उपत्यकाबासी कोरोना महामारी नियन्त्रणका लागि फेरि एक पटक घरभित्रै बसेर आफ्नो र उपत्यकाबासीको स्वास्थ्य सुरक्षाका लागि सरकारलाई साथ दिइरहेका छन् । सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ …

पुरा पढ्नुहॊस »

उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

काठमाडौं । काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा थपिएको  छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको छलफलले  निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । शुरुमा एक हप्ताको लागि निषेधाज्ञा लागू गरिएकोमा उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि थप एक हप्ताको लागि निषेधाज्ञा लागू गरिएको हो  । यसअघि भदौ ३ गतेको  मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा   आज बुधबार सकिँदै थियो ।

पुरा पढ्नुहॊस »

यस्तो छ सातै प्रदेश मौसम पूर्वानुमान

काठमाडौं ।  आज देशका विभिन्न स्थानमा बिहानैबाट हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडिबाट जलवाष्फसहितको हावाको प्रभाव भएकाले दिनभरको मौसममा बदली हुने महाशाखाले जनाएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान   भाद्र १० गते (बुधबार)  दिउँसो : देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश  ५ र कर्णाली प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राती : देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि …

पुरा पढ्नुहॊस »

पाटन अस्पतालमा थप एक जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ५४ वर्षीय पुरुष छन् । उनको मंगलबार राती ९ बजे मृत्यु उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनी गत साउन २३ गतेदेखि पाटन अस्पताल भर्ना भएका थिए ।

पुरा पढ्नुहॊस »

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ४० लाख नाघ्यो, ८ लाख २३ हजार बढीले ज्यान गुमाए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड लाख ६० लाख ७८ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर १ करोड ६५ लाख ९९ हजार १४३ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट …

पुरा पढ्नुहॊस »

उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस

काठमाडौं । काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्न सिफारिस गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको मंगलबार भएको बैठकले  एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो । सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा रहने छ। उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो सिफारिस गरेको हो।

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा थप २३२ संक्रमित फेला

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौं जिल्लामा १९९,ललितपुरमा १९ र भक्तपुरमा १४ जनामा देखिएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ५ सय ३३ जना  पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ सय ६४  जना पुगेको छ । त्यसैगरि, कोरोना संक्रमितमध्ये १९ हजार १ सय १९ जना उपचारपछि निको …

पुरा पढ्नुहॊस »

थप ८५५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुग्यो

काठमाडौं । आज मंगलबार थप ८५५  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज मंगलबार थप ८५५जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ५ सय ३३ जना  पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ सय ६४  जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १९ हजार १ सय १९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »