यस्तो छ सातै प्रदेश मौसम पूर्वानुमान

काठमाडौं ।  आज देशका विभिन्न स्थानमा बिहानैबाट हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडिबाट जलवाष्फसहितको हावाको प्रभाव भएकाले दिनभरको मौसममा बदली हुने महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

  भाद्र १० गते (बुधबार)

 दिउँसो : देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश  ५ र कर्णाली प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 भाद्र ११ गते (बिहिबार)

दिउँसो : देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र  बागमती प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

  राती : देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश  ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेश एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 भाद्र १२ गते शुक्रबार)

 दिउँसो : देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र  बागमती प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

  राती : देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, प्रदेश  ५ र सुदुर पश्चिम प्रदेश का एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप