काठमाडौं । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि उपत्यकामा जारी भएको निषेधाज्ञाको सातौं दिन आज सडक सुनसान देखिएका छन् । सडकमा अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन चलेका छैनन् । औषधी र खाद्यान्नबाहेक अन्य पसल पनि खुलेका छैनन् ।
तीन महिनासम्म लामो लकडाउन ब्यहोरेका काठमाडौं उपत्यकाबासी कोरोना महामारी नियन्त्रणका लागि फेरि एक पटक घरभित्रै बसेर आफ्नो र उपत्यकाबासीको स्वास्थ्य सुरक्षाका लागि सरकारलाई साथ दिइरहेका छन् ।
सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । सवारी साधन चलाउने र पैदलयात्रा गर्नेलाई पनि उनीहरुले सोधखोज गरिरहेका छन् । अत्यावश्यक कामबाहेक घरबाहिर निस्किनेलाई कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।
हेर्नुहोस् ८ तस्बिर:-

तपाईंको प्रतिकृया




