Tag Archives: mainnews

जाजरकोटमा पहिरो: ९ जनाको शव भेटियो, ५ सय परिवार विस्थापित

जाजरकोट । गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५ सय भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट-४ जिरीका ३२ घर, गोठगाउँका ८ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ । विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ । मैनाका सर्वसाधारण गाउँबाट माथि रहेको रतनकोटडाँडामा आएर बसेको स्थानीय पत्रकार तीर्थराज बोहराले जानकारी दिए । वडा नं …

पुरा पढ्नुहॊस »

आज पनि देशभर ठूलो वर्षाः सतर्कता अपनाउन आग्रह

काठमाडौं । मनसुन सक्रिय हुँदा देशभरको मौसम बदली भई वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विहिबार रातीदेखि धेरै भागमा भारी वर्षा हुने भइरहेको हो । हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमति प्रदेशका धेरै स्थान र बाकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्सहित वर्षाको भईरहेको छ । प्रदेश १ र २ का थोरै स्थानहरूमा भारी वर्षा पनि भईरहेको छ । दिउँसो देशभर सामान्य …

पुरा पढ्नुहॊस »

नेपालका ५० प्रतिशत कोरोना संक्रमित निको भए

काठमाडौं । नेपालमा ५० प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित भएकाहरुमध्ये ५० दशमलव ५ प्रतिशत निको भएर घर फर्किएको बताएका हुन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घन्टामा ४ सय ३१ जना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म १६ हजार ७ …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र आईएमएस ग्रुपको सहयोगमा पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

काठमाडौं । नेपाल प्रेस युनियनले कोरोना महामारीको बेला अग्रपंक्तिमा खटिने सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।  नेपाल प्रेस युनियका अध्यक्ष बद्री सिग्देलको सभापतित्वमा युनियनको प्रकाशन विभागले गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशरण महतले स्वास्थ्य सामग्री वितरण गरेका हुन । स्वास्थ्य सामग्री वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगर, महासंघका महासचिव रमेश विष्ट, युनियनका महासचिव अजयबाबु शिबाकोटीसहित    पत्रकारहरु  उपस्थितिमा प्रकाशन विभागले स्वास्थ्य सामग्री वितरण गरेको …

पुरा पढ्नुहॊस »

पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । यो जेठ १२ पछि दैनिक पुष्टि भएको सबैभन्दा कम सङ्ख्या हो । शुक्रबार ११८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको थियो । गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर …

पुरा पढ्नुहॊस »

अब सातवटै प्रदेशमा पीसीआर परीक्षण गराउन पाइने, कति लाग्छ शुल्क ?

काठमाडौं । सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड-१९ को पीसीआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने व्यवस्था गरिएको जानकारी दिए । स्वास्थ्यमन्त्री भानुभक्त ढकाललको अध्यक्षतामा यही असार २४ गतेको मन्त्रिस्तरीय निर्णयबाट प्रत्येक प्रदेशमा एक प्रयोगशालालाई शुल्क तिरेर निर्देशिका भन्दाबाहेकका नमूना परीक्षण गर्न पाउने व्यवस्था गरेको हो …

पुरा पढ्नुहॊस »

विश्वभर ७३ लाख ३२ हजारभन्दा धेरैले जिते कोरोना, कति पुगे मृतक र संक्रमित ?

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ७३ लाख ३२ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ७३ लाख ३२ हजार ४ सय ४७ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा …

पुरा पढ्नुहॊस »

भारी वर्षाको सम्भावना : बाढी, पहिरो र डुबानबाट सतर्क रहन आग्रह

काठमाडौं । मनसुन सक्रिय हुँदा देशभर भारी वर्षा भईरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवारदेखि सुरु भएको वर्षा आज र भोलिसम्म जारी रहने छ । आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तो छ तीन दिनको पूर्वानुमान :- असार २७ गते (शनिबार) …

पुरा पढ्नुहॊस »

आज थप ११८ जनामा कोरोना संक्रमण,संक्रमित संख्या १६ हजार ६ सय ४९ जना

काठमाडौं । आज शुक्रबार थप ११८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार थप ११८  जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६४९  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३५ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ८ हजार ११ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

पोखरामा पहिरो: ७ जनाको मृत्यु १२ घाइते [अपडेट]

काठमाडौं । कास्कीका विभिन्न स्थानमा अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको छ । पोखराको सराङकोट, हेम्जा र पैतेडाँडामा गएको पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको हो भने १२ जना घाइते भएका हुन् । पोखरा–१८ सराङकोट गोठादीमा राति साढे २ बजेतिर खसेको पहिरोले टंकबहादुर थापाको घर पुर्दा ५ जनाको मृत्यु भएको छ । पहिरोमा ९ जना घाइते भएका छन् । घाइते सबैको मणिपाल र गण्डकी अस्पतालमा उपचार भइरहेको …

पुरा पढ्नुहॊस »