उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

काठमाडौं । काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा थपिएको  छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको छलफलले  निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।

शुरुमा एक हप्ताको लागि निषेधाज्ञा लागू गरिएकोमा उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि थप एक हप्ताको लागि निषेधाज्ञा लागू गरिएको हो  ।

यसअघि भदौ ३ गतेको  मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा   आज बुधबार सकिँदै थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री