विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ४० लाख नाघ्यो, ८ लाख २३ हजार बढीले ज्यान गुमाए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड लाख ६० लाख ७८ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर १ करोड ६५ लाख ९९ हजार १४३ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ८ लाख २३ हजार २६६ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या २ करोड ४०  लाख ४९हजार ७०७  छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ८२ हजार ४०४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ५९ लाख ५५ हजार ७२८ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ हजार ६९२ पुगेको छ  भने  कुल संक्रमितको संख्या ३२ लाख ३१ हजार ७५४ पुगेको हो ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ५ सय ३३ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ सय ६४ जना पुगेको छ ।

त्यसैगरि, कोरोना संक्रमितमध्ये १९ हजार १ सय १९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कडा सुरक्षा घेराबीच रविको दाेस्राे दिनको बयान

काठमाडौं । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी …

प्रतिकृया दिनुहॊस