विश्वमा ४ करोड बढीले जिते कोरोना, कति पुगे संक्रमित र मृतक ?

काठमाडौँ । विश्वभर कोरोना भाइरसको संक्रमण जित्नेको संख्या ४ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ५२ हजार ६०५ जना संक्रमण मुक्त भएसँगै विश्वभर कोरोनाबाट निको हुनेको संख्या ४ करोड ८० हजार पुगेको हो । निको हुनेको यो संख्या कुल संक्रमितका आधारमा ६९ प्रतिशत हो ।

विश्व स्वाथ्य संगठनको तथ्याङ्क अनुसार हालसम्म कूल कोरोना संक्रमितको संख्या ५ करोड ६६ लाख २३ हजार ६४३ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २० हजार ७४४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ५१६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ५५ हजार ९६३ जनाको मृत्यु भइसकेको छ । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायत देशमा भएको छ ।

गएको डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस अहिले विश्वका २१८ देशमा फैलिसकेको छ ।  कोरोनाका कारण सबैभन्दा धेरै अमेरिका प्रभावित छ । अमेरिकामा एक करोड २२ लाखभन्दा धेरै सङ्क्रमित छन् । त्यहाँ अहिलेसम्म दुई लाख ६० हजार २४० जनाको ज्यान गएको छ । यस्तै भारतमा ९० लाखभन्दा धेरै सङ्क्रमित हुँदा एक लाख ३२ हजार ७ सय ६४ जनाको ज्यान गएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भीरबाट कार खस्दा अचेत अवस्थामा भेटिएका तीन जनाको परिचय खुल्यो

काठमाडौं । मकवानपुरमा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान …

प्रतिकृया दिनुहॊस

This will auto close after