भारतीय विदेश सचिव नेपाल आउँदै, नेपाल-भारत सम्बन्ध हार्दिकतातर्फ फर्कने अपेक्षा

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्दन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आउँदैछन् । परराष्ट्र सचिव भरतराज पौडेलेको निमन्त्रणमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।

यो विगतका उच्चस्तरीय भ्रमणको निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणको पहिलो दिन दुई सचिवबीच द्विपक्षीय वार्ता हुनुका साथै सहयोगका विविध क्षेत्रबारे छलफल हुने जनाइएको छ । नेपाल र भारतबीच सीमा विवाद चर्किएपछि दुई देशको उच्च कूटनीतिक तहमा उनको आगमनपछि औपचारिक वार्ता हुँदैछ ।

विदेश सचिव श्रृंगलाको भ्रमणबाट केसह समयदेखि चिसिएको नेपाल-भारत सम्बन्ध पुनः हार्दिकतातर्फ फर्कने अपेक्षा गरिएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नेपाल-भारत दुवैले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादपछि कूटनीतिक तहबाट छलफल हुन लागेको हो । भारतीय विदेश सचिव काठमाडौं आए लगत्तै सचिवस्तरीय वार्ता हुनेछ । वार्तामा नेपालका तर्फबाट परराष्ट्र सचिव पौड्याल, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख यज्ञबहादुर हमालसहितका उच्च अधिकारी सहभागी हुनेछन् ।

भारतीय विदेश सचिव शृंगलको वार्ता टिममा भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान मामिला हेर्ने सहसचिव अरिन्दम बाग्ची, भारतीय राजदूत विनयमोहन क्वात्रासँगै दूतावासका कर्मचारी सहभागी हुने बताइएको छ ।

राष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च नेतृत्वसँग भेट गर्ने
भारतीय विदेशसचिवले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेटको कार्यतालिका रहेको छ ।

भारतीय विदेश सचिवले राष्ट्रपति, प्रधानमन्त्रीसँगै उच्च राजनीतिक नेतृत्वसँगसमेत छलफल गर्दैछन् । उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँगको भेटका लागि समय तय भएको छ ।

बिहीबार भेटघाटमा व्यस्त हुने भारतीय विदेशसचिवले शुक्रबार नेपाली थिंकट्यांक आइडिएसएद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटघाट गर्नुका साथै नेपाललाई कोरोना भाइरससँग जुध्न आवश्यक सामग्रीसमेत हस्तान्तरण गर्ने कार्यक्रम छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज यी प्रदेशमा छ वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय …

प्रतिकृया दिनुहॊस