कोरोना भाइरस अपडेट : मृतकको संख्या १३ हजार ७०

काठमाडाैँ । कोरोनाका कारण  मृत्यु हुनेको संख्या १३ हजार ७० पुगेको छ । त्यसैेगरी, संक्रमित हुनेको संख्या ३ लाख ८ हजार ५ सय ९५ पुगेको छ ।

चीन, इटली र त्यसपछि अमेरिकामा सर्वाधिक धेरै संक्रमित देखिएका छन् ।  सर्वाधिक धेरै मृत्यु हुनेको संख्या भने इटली, चीन र ईरानमा छ । इटलीमा ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा हालसम्म यस भाइरसको संक्रमणबाट ३ सय ४८ जनाले ज्यान गुमाइसकेका छन् । आजमात्र अमेरिकामा २६ सय ८५ जना नयाँ संक्रमित थपिएका छन् ।

बेलयातमा पनि यसबाट संक्रमित हुनेको संख्या ५ हजार १८ पुगेको छ भने २ सय ३३ जनाले ज्यान गुमाइसकेका छन् ।

छिमेकी मुलुक भारतमा हालसम्म ३ सय ३२ जना संक्रमित भएका छन् भने मृतकको सख्या ६ पुगेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस