काठमाडौं । कोरोना भाइरसबाट आम जनतालाई सुरक्षित राख्न भन्दै सरकारले ‘लक डाउन’ घोषणा गर्नसक्ने उच्चस्रोतले बताइएको छ ।
नोबल कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले यसअघि नै जतिबेला पनि लक डाउन गर्न सकिने प्रतिक्रिया दिएका थिए ।
त्यसैगरी, साँझै ५ बजे प्रधानमन्त्री केपी ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । संबोधनका क्रममा प्रधानमन्त्रीले विशेष घोषणा पनि गर्ने तयारी गरेका छन् ।
सरकारले कोरोनाभाइरसको जोखिम न्यूनीकरण तथा रोकथामका लागि २५ जनाभन्दा धेरै एकै ठाउँमा भेला नहुन, अत्यावश्यक काममा मात्र बाहिर निस्कन आग्रह गरिसकेको छ।
प्रतिकृया दिनुहॊस