काठमाडौँ । भिभोले आफ्नो वाई शृंखलाको ‘भिभो वाई २८’ काठमाडौँको कमलादीस्थित २५६ फिट उचाईमा रहेका स्काइवाक टावरमा प्रमुख मिडियाहरूको उपस्थितिमा सार्वजनिक गरेको छ । ७.९९ मिमि अल्ट्रा–स्लिम बडीमा ६००० एमएएच पावरफुल ब्याट्रीको साथ भिभोले स्मार्टफोन डिजाइनलाई पुन: परिभाषित गरेको छ । भिभो वाई २८, दुई रङ ग्लीेमिङ ओरेञ्ज र एगेट ग्रीन कलर भेरियन्टमा उपलब्ध हुनेछ । यसको सौन्दर्यलाई अझ बढाउन यस्मा मेटालिक हाई–ग्लोस फ्रेम र अद्वितीय रूपमा निर्मित रियर क्यामेरा …
पुरा पढ्नुहॊस »नेपाल लाइफले २१ प्रतिशत नगद लाभांश दिने
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको २३औँ र २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा असार १८ गते होटल भिष्वा, वीरगन्ज, पर्सामा उक्त सभा सम्पन्न भएको हो । यस अवसरमा सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएका आ.व २०७८/७९ र आ.व २०७९/८० को वार्षिक कार्य प्रगति प्रतिवेदनहरू छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७८र७९ र आ.व २०७९/८० को वासलात, …
पुरा पढ्नुहॊस »सैदी पावर कम्पनीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
काठमाडौं । सैदी पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणहरूमा आईपीओ निष्कासन गर्न लागेको हो । त्यसका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । प्रतिशेयर १०० रूपैयाँ अंकित दरको एक लाख ७० हजार ४९ कित्ता साधारण सेयर निष्कासन गरिने जनाइएको छ । सम्झौतापत्रमा कम्पनीका तर्फबाट सञ्चालक समितिका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटलका तर्फबाट …
पुरा पढ्नुहॊस »हिमालयन लघुवित्तको सीईओमा दोहोरिए विनोद आचार्य
काठमाडौं । हिमालयन बैंकको सहायक कम्पनी हिमालयन लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: विनोद आचार्य नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको २२७औँ बैठकले आचार्यलाई साउन १ देखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो। उनको कार्यकाल असार मसान्तसम्म सकिँदै थियो। कार्यकाल सकिने भएपछि कम्पनीले आचार्यको नियुक्ति पुन: दोहोर्याएको हो। उनको कार्यकाल ४ वर्षको हुने कम्पनीले जनाएको छ।
पुरा पढ्नुहॊस »सिटिजन्स बैंकका ग्राहकलाई भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरमा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पर्साको वीरगंजस्थित भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौतासँगै सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले भवानी हस्पिटल एत्ड रिसर्च सेन्टरमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने बताइएको छ । यो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको भनाइ छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन …
पुरा पढ्नुहॊस »चन्द्रागिरि नगरपालिका र एनआईसी बैंकबीच सम्झौता : नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने
काठमाडौँ । चन्द्रागिरि नगरपालिका भित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एनआइसी एसिया बैंक बीच सम्झौता भएको छ । नगरपालिकाले उक्त कार्यक्रमको बैंकिङ्ग साझेदारको रुपमा एनआइसी एसिया बैंक छनौट गरेको हो । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनिया र चन्द्रागिरि नगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम गिरीले हस्ताक्षर गरेका थिए । चन्द्रागिरि नगरपालिकाका अनुसार नगरपालिकाको निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता …
पुरा पढ्नुहॊस »‘ढुक ढुक हैन, ढुक्क होऔँ’ : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौं’ भन्ने ब्राण्डिङ क्याम्पियन थालेको छ । साविकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स आपसमा गाभिएको केही समयपछि कम्पनीले उक्त क्याम्पियन सुरु गरेको हो । “जीवनमा हरपल हुनसक्ने आर्थिक अनिश्चितताको ढुक ढुकलाई जीवन बिमामार्फत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ढुक्क हुने परिस्थिति सिर्जना गर्छ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यही यथार्थलाई विज्ञापनको …
पुरा पढ्नुहॊस »कर्जा ग्राहकलाई एनआईसी एसियाले यस्तो छुट प्रदान गर्ने
काठमाडौं । एनआईसी एसिया बैंकले २०८० चैत मसान्तसम्मको म्याद नाघेको कर्जा यही असारभित्र तिर्ने ऋणीलाई विभिन्न छुट प्रदान गर्ने भएको छ। यसअनुसार चैतमा भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम यही असारभित्र भुक्तान गरेमा जरिवाना तथा हर्जना रकममा शतप्रतिशत छुट पाउनेछन्। त्यसैगरी साधारण बक्यौता ब्याज रकममा समेत भाखा नाघेको समयानुसार छुट पाउने बैंकले जनाएको छ। यसअनुसार ९१ दिनदेखि १८० दिन भाखा नाघेकामा १५ प्रतिशत, १८१ देखि ३६५ दिन …
पुरा पढ्नुहॊस »होटल हिमालयमा प्रभु बैंकका ग्राहकले छुट पाउने
काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई ललितपुरकाे कुपण्डोलमा अवस्थित होटल हिमालयमा विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ। एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रविन्द्र ढकाल र बजार व्यवस्थापक सविन राणा तथा होटल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु बैंक लिका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त …
पुरा पढ्नुहॊस »धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा ढुंगाना
काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा अजय ढुंगाना चयन भएका छन् । गत शुक्रबार सम्पन्न अधिवेशनले ढुंगानाको अध्यक्षतामा नौजनाको कार्यसमिति आगामी दुई वर्षका लागि चयन गरेको हो । कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष गौरव विष्ट र एलिजा फुयाँल, सचिवमा नमुना जोशी तथा कोषाध्यक्षमा गौरव बराल चयन भएका छन् । सदस्यमा विनोद महर्जन, प्रशान्त राई, सुदीप घिमिरे र रवीन्द्रदेव भट्ट चयन भएका छन् …
पुरा पढ्नुहॊस »