ललितपुर । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले ग्लोबल आईएमई बैंकलाई दिगो साझेदारको रूपमा घोषणा गरेको छ। यस साझेदारी मार्फत ग्लोबल आईएमई बैंकले नास आईटी सदस्य कम्पनीहरूद्वारा विकसित नवीनतम प्रोडक्टहरू र सफ्टवेयरहरूको पहुँच प्राप्त गर्नेछ। नास आईटीमार्फत बैंकको डिजिटल बैंकिंङ र आईटी टोलीले प्राविधिक प्रगति सम्बन्धित सल्लाहहरू प्राप्त गर्नेछन्। नास आईटी सदस्य कम्पनीहरूले बैंकबाट अनुकूलित वित्तीय सोलुसनहरू र विशेष सेवा प्राप्त गर्नेछन्। ग्लोबल आईएमई बैंक …
पुरा पढ्नुहॊस »आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्डको खरिद र बिक्री दरले १७० रुपैयाँ पार गरेको छ । आज अमेरिकी डलर र कतारी रियालको मूल्य घट्दा यूरो र बेलायती पाउण्डको विनिमय दर बढेको हो । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३० पैसा र बिक्री दर १३३ रुपैयाँ ९० पैसा पुगेको छ । युरो एकको खरिद दर …
पुरा पढ्नुहॊस »काठमाडौं महानगरका सामुदायिक विद्यालयले नेपाल बैंकबाट छुटसहितको बैंकिङ सेवा पाउने
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौं महानगरपालिका बीच बैंकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ। मंगलबार भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारले हस्ताक्षर गरेका छन्। सम्झौताबमोजिम काठमाडौं महानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरुलाई बैंकले विशेष छुटसहितको बैंकिङ सेवा उपलब्ध गराउने एवं सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण स्थायी, करार, आंशिक तथा ज्यालादारी/प्राविधिक शिक्षक/कर्मचारीहरूले नेपाल बैंकको सबै शाखाबाट छुटसहित आकर्षक बैंकिंङ …
पुरा पढ्नुहॊस »कामना सेवा विकास बैंकको १ लाख कित्ता सेयर लिलामीमा, कसले दिन पाउँछन् आवेदन ?
काठमाडौं । कामना सेवा विकास बैंकको एक लाख कित्ता सेयर लिलामीमा राखिएको छ। बैंकले १ लाख ४ हजार ८८ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। बैंकले पहिलो पटक संस्थापक सेयरधनीबाटै खरिदका लागि आवेदन माग गरेको छ। संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा भने बैंकले दोस्रो पटक सूचना जारी गर्दै सर्वसाधारणबाट आवेदन माग गर्ने जनाएको छ। इच्छुक लगानीकर्ताले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बानेश्वरमा आवेदन दिनुपर्नेछ। सूचनामा सेयरमूल्य भने खुलाइएको छैन।
पुरा पढ्नुहॊस »ग्लोबल आईएमई बैंक र भूमि डेभलपर्सबीच हरित आवास कर्जासम्बन्धी समझदारी
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रालि तथा प्यासिफिक डेभलपर्स प्रालिबीच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। उक्त समझदारी अनुसार बैंकले ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नम्बर ३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरण मैत्री आवासीय घर खरिदकर्ताहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्नेछ। बैंकले भूमि तथा प्यासिफिक डेभलपर्स प्रालिले बिक्री गर्ने वातावरण मैत्री आवासीय घरहरु खरिद गर्न चाहने …
पुरा पढ्नुहॊस »स्काईवाक टावरमा भिभो वाई २८ सार्वजनिक
काठमाडौँ । भिभोले आफ्नो वाई शृंखलाको ‘भिभो वाई २८’ काठमाडौँको कमलादीस्थित २५६ फिट उचाईमा रहेका स्काइवाक टावरमा प्रमुख मिडियाहरूको उपस्थितिमा सार्वजनिक गरेको छ । ७.९९ मिमि अल्ट्रा–स्लिम बडीमा ६००० एमएएच पावरफुल ब्याट्रीको साथ भिभोले स्मार्टफोन डिजाइनलाई पुन: परिभाषित गरेको छ । भिभो वाई २८, दुई रङ ग्लीेमिङ ओरेञ्ज र एगेट ग्रीन कलर भेरियन्टमा उपलब्ध हुनेछ । यसको सौन्दर्यलाई अझ बढाउन यस्मा मेटालिक हाई–ग्लोस फ्रेम र अद्वितीय रूपमा निर्मित रियर क्यामेरा …
पुरा पढ्नुहॊस »नेपाल लाइफले २१ प्रतिशत नगद लाभांश दिने
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको २३औँ र २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा असार १८ गते होटल भिष्वा, वीरगन्ज, पर्सामा उक्त सभा सम्पन्न भएको हो । यस अवसरमा सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएका आ.व २०७८/७९ र आ.व २०७९/८० को वार्षिक कार्य प्रगति प्रतिवेदनहरू छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७८र७९ र आ.व २०७९/८० को वासलात, …
पुरा पढ्नुहॊस »सैदी पावर कम्पनीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
काठमाडौं । सैदी पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणहरूमा आईपीओ निष्कासन गर्न लागेको हो । त्यसका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । प्रतिशेयर १०० रूपैयाँ अंकित दरको एक लाख ७० हजार ४९ कित्ता साधारण सेयर निष्कासन गरिने जनाइएको छ । सम्झौतापत्रमा कम्पनीका तर्फबाट सञ्चालक समितिका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटलका तर्फबाट …
पुरा पढ्नुहॊस »हिमालयन लघुवित्तको सीईओमा दोहोरिए विनोद आचार्य
काठमाडौं । हिमालयन बैंकको सहायक कम्पनी हिमालयन लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: विनोद आचार्य नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको २२७औँ बैठकले आचार्यलाई साउन १ देखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो। उनको कार्यकाल असार मसान्तसम्म सकिँदै थियो। कार्यकाल सकिने भएपछि कम्पनीले आचार्यको नियुक्ति पुन: दोहोर्याएको हो। उनको कार्यकाल ४ वर्षको हुने कम्पनीले जनाएको छ।
पुरा पढ्नुहॊस »सिटिजन्स बैंकका ग्राहकलाई भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरमा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पर्साको वीरगंजस्थित भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौतासँगै सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले भवानी हस्पिटल एत्ड रिसर्च सेन्टरमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने बताइएको छ । यो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको भनाइ छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन …
पुरा पढ्नुहॊस »