‘ढुक ढुक हैन, ढुक्क होऔँ’ : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौं’ भन्ने ब्राण्डिङ क्याम्पियन थालेको छ । साविकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स आपसमा गाभिएको केही समयपछि कम्पनीले उक्त क्याम्पियन सुरु गरेको हो ।

“जीवनमा हरपल हुनसक्ने आर्थिक अनिश्चितताको ढुक ढुकलाई जीवन बिमामार्फत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ढुक्क हुने परिस्थिति सिर्जना गर्छ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यही यथार्थलाई विज्ञापनको माध्यमबाट आम नागरिकमा सचेतना जगाउने र कम्पनीको प्रचारप्रसार गर्ने लक्ष्य लिएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ ।

कम्पनीले कलाकार मनोज गजुरेललाई ब्राण्ड एम्बेसडरमा अनुबन्धन गरेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाइफद्वारा गण्डकी प्रदेशका अभिकर्ता सम्मानित

कास्की । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि‍.ले पोखरामा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम आयोजना गरेको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds