काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन १३ सय रुपैयाँले घटेको हो । यस दिन प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य २० रुपैयाँले …
पुरा पढ्नुहॊस »२७औँ वर्षमा एनआईसी एशिया : सरकारलाई तिर्यो साढे २६ अर्ब राजस्व, २५ प्रतिशत जनतालाई सेवा
काठमाडौं । एनआईसी एसिया बैंक स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको छ । यस अवधिसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्न पुगेको कम्पनीले दाबी गरेको छ । आफुहरुलाई यहाँसम्म आइपुग्दा साथ दिने ग्राहकवर्ग, नियामक निकायहरू, शेयरधनी महानुभावहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति अत्यन्त अनुगृहीत रहँदै सादर नमन एवं धन्यवाद व्यक्त गर्न चाहेको कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले बताएका …
पुरा पढ्नुहॊस »आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.४७ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.१२ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.३९ रुपैयाँ रहेको …
पुरा पढ्नुहॊस »‘माईडिशहोम’ एप पुन: लन्च गर्दै डिश मिडिया
काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो माईडिशहोम एप पुन: सुरु गर्ने घोषणा गरेको छ । डिश मिडिया नेटवर्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले सबै विभागका प्रमुखहरूको उपस्थितिमा एप लगइन गरी गरेका हुन् । माईडिशहोम एप टिभी, इन्टरनेट र थप कुराहरूसहित डिशहोम सेवाहरू प्रबन्ध गर्नका लागि एक सिमलेस, सबैमा एक प्लेटफर्म प्रदान गर्न डिजाइन गरिएको हो । एपको नयाँ संस्करण प्रयोगकर्ताको अनुभव र सुविधामा सुधार गर्ने उद्देश्यले परिष्कृत सुविधाहरूको …
पुरा पढ्नुहॊस »फिल्म ‘मोदीबेनी’ को ट्रेलर सार्वजनिक (भिडियो)
काठमाडौँ । साउन १८ गते रिलिज हुने फिल्म ‘मोदीबेनी’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा वर्षा शिवाकोटी, अमर प्रताप श्रेष्ठ र प्रवीण खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ । ट्रेलर त्रिकोणात्मक प्रेम कथावरिपरि घुमेको छ । यो पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित छ । यस फिल्ममार्फत अमरले डेब्यु गर्दैछन् । फिल्ममा सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल,रेजिना उप्रेती, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस …
पुरा पढ्नुहॊस »महालक्ष्मी बैंकमा क्युआर कोडबाटै कर्जा आवेदन दिन सकिने
काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना सेवा सुविधाहरूलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्देश्य अनुरूप क्युआर कोड मार्फत कर्जा आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको छ । यस प्रकारको सेवा प्रदान गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको छ । यस अन्तर्गत कर्जा लिन चाहने ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरू, सम्पूर्ण शाखा कार्यालयहरू तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरी आवेदन दिन सक्ने बैंकले जनाएको छ । …
पुरा पढ्नुहॊस »ग्लोबल बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज नियुक्त
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले ‘८ प्रतिशत ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१/९२’ जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ५० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात् दुई अर्ब बराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत तीन अर्ब …
पुरा पढ्नुहॊस »विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शुक्रबार अमेरिकी डलर सामान्य अंकमा बढेको छ । कतारी रियलको खरिद दर घट्दा बिक्री दर बढेको छ । बिहीबारको तुलनामा शुक्रबार यूरो र बेलायती पाउण्डको विनिमय दर घटेको छ ।
पुरा पढ्नुहॊस »हिमाल हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको ज्ञानेश्वरस्थित हिमाल हस्पिटलबीच छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा हस्ताक्षरसँगै सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले हिमाल हस्पिटलमा १० प्रतिशतसम्मको छुट पाउने भएका छन् । यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत …
पुरा पढ्नुहॊस »माछापुच्छ्रे बैंकले ल्यायो नियोन क्रेडिट कार्ड, भुक्तानीमा विशेष छुट र अफर
काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ उद्योगमा नै पहिलोपटक आफ्ना ग्राहकका लागि अमेरिकन डलरमा नियोन क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । आधुनिक जीवनशैलीमा व्यस्त तथा देश विदेश यात्रा गर्ने ग्राहकलाई लक्षित गर्दै ल्याएको ‘नियोन क्रेडिट कार्ड’को डिजाइन तथा आवरणमा बजारमा उपलब्ध अन्य कार्डभन्दा भिन्नै रहेको बैंकले जनाएको छ । बैंकले ‘ग्लो विथ कन्फिडेन्स’ ट्यागलाइनसहित बजारमा ल्याएको नियोन क्रेडिट कार्ड भिसाद्वारा सञ्चालित विश्वव्यापी स्वीकार्य विद्युतीय भुक्तानी माध्यम भएको बैंकले जनाएको …
पुरा पढ्नुहॊस »