Tag Archives: featured

कामना सेवा विकास बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ बाट सम्मानित

काठमाडौँ । कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रूपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ वाट सम्मानित भएको छ । बैंकले वित्तीय सेवा क्षेत्र तर्फको विधामा प्रदान गरिने सिल्भर अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२२।२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहीता र सुसासनका लागि उक्त अवार्ड प्रदान गरेको हो । बैंकले आफ्नो १७ औँ वार्षिक साधारण …

पुरा पढ्नुहॊस »

महजोडी हिमगिरी सोपको ‘ब्रान्ड एम्बेस्डर’

काठमाडौं । विराटनगरको हिमगिरी सोपले नेपालका चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ब्रान्ड एम्बेस्डर तोकेको छ । कम्पनीले जनाएअनुसार महजोडीलाई एक वर्षका लागि ब्रान्ड एम्बेस्डर तोकिएको हो । निकै आक्रामक बजार विस्तार गरिरहेको हिमगिरीले धोनी साबुन, डिटरजेन्ट पाउडर, ट्वाइलेट सोप, स्याम्पु, मास्कलगायत उत्पादन गर्दै आएको छ । सरसफाइसम्बन्धी बस्तुको उत्पादनका लागि खोलिएको उद्योगमा उद्योगी महेश जाजू र प्रकाश मुन्दडाको लगानी छ । यसमा ३२ करोड रुपैयाँभन्दा बढी लगानी …

पुरा पढ्नुहॊस »

प्रमोकोड फोनपे डाइरेक्ट प्रयोग गरेर आईफोन १५ प्रो जित्न सकिने

काठमाडौं । ललितपुर । भुक्तानी संचालक फोनपेले आफ्नो प्रमुख अभियान “फोन पे डाइरेक्ट: पैसा पठाऔँ ठाउँ को ठाउँ” को घोषणा गरेको छ। यो अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्यु. आर मार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवा बारे थप प्रोत्साहन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ। यो अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्ताहरूलाई सजिलो हुने कम्पनीको भनाइ छ । यो अभियान २ …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका ग्राहकले बुद्ध एयरमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बुद्ध एयर प्रालिबीच विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले बुद्ध एयरका सेवामा १२ प्रतिशतसम्म छुट पाउने छन् । छुट सुविधा बुद्ध एयरका सबै कार्यालयका काउन्टरबाट मात्र प्राप्त हुने कम्पनीले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ । सिटिजन्स बैंकले देशैभरिका …

पुरा पढ्नुहॊस »

युवा उद्यमी मञ्चको अध्यक्षमा श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको युवा उद्यमी मञ्चको अध्यक्षमा कुशलसुन्दर श्रेष्ठ नियुक्त भएका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न मञ्चको २०औँ वार्षिक साधारणसभाबाट उनलाई साविकको नेतृत्वले अध्यक्षमा नियुक्त गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा निभिता प्रधान, द्वितीय उपाध्यक्षमा आभूषणज्योति कंसाकार र महिला उपाध्यक्षमा रिचा श्रेष्ठ नियुक्त भएका छन् । मञ्चको विधानअनुसार प्रमुख कार्यसम्पादन सूचकांक (केपीआई)का आधारमा साविकका अध्यक्ष र उपाध्यक्षहरू संलग्न नेतृत्वले आगामी नेतृत्व र कार्यसमिति सदस्य नियुक्त गर्छ । …

पुरा पढ्नुहॊस »

आइतबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन १३ सय रुपैयाँले घटेको हो । यस दिन प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य २० रुपैयाँले …

पुरा पढ्नुहॊस »

२७औँ वर्षमा एनआईसी एशिया : सरकारलाई तिर्‍यो साढे २६ अर्ब राजस्व, २५ प्रतिशत जनतालाई सेवा

काठमाडौं । एनआईसी एसिया बैंक स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको छ । यस अवधिसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्न पुगेको कम्पनीले दाबी गरेको छ । आफुहरुलाई यहाँसम्म आइपुग्दा साथ दिने ग्राहकवर्ग, नियामक निकायहरू, शेयरधनी महानुभावहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति अत्यन्त अनुगृहीत रहँदै सादर नमन एवं धन्यवाद व्यक्त गर्न चाहेको कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले बताएका …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.४७ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.१२ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.३९ रुपैयाँ रहेको …

पुरा पढ्नुहॊस »

‘माईडिशहोम’ एप पुन: लन्च गर्दै डिश मिडिया

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो माईडिशहोम एप पुन: सुरु गर्ने घोषणा गरेको छ । डिश मिडिया नेटवर्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले सबै विभागका प्रमुखहरूको उपस्थितिमा एप लगइन गरी गरेका हुन् । माईडिशहोम एप टिभी, इन्टरनेट र थप कुराहरूसहित डिशहोम सेवाहरू प्रबन्ध गर्नका लागि एक सिमलेस, सबैमा एक प्लेटफर्म प्रदान गर्न डिजाइन गरिएको हो । एपको नयाँ संस्करण प्रयोगकर्ताको अनुभव र सुविधामा सुधार गर्ने उद्देश्यले परिष्कृत सुविधाहरूको …

पुरा पढ्नुहॊस »

फिल्म ‘मोदीबेनी’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ । साउन १८ गते रिलिज हुने फिल्म ‘मोदीबेनी’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा वर्षा शिवाकोटी, अमर प्रताप श्रेष्ठ र प्रवीण खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ । ट्रेलर त्रिकोणात्मक प्रेम कथावरिपरि घुमेको छ । यो पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित छ । यस फिल्ममार्फत अमरले डेब्यु गर्दैछन् । फिल्ममा सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल,रेजिना उप्रेती, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस …

पुरा पढ्नुहॊस »