Tag Archives: featured

मनकामना केबुलकार ५० दिन बन्द हुने

चितवन । मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको जनाइएको छ …

पुरा पढ्नुहॊस »

मृतक कामदारका परिवारलाई ३० लाख आर्थिक सहायता दिइने

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवद्र्धन कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ। भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन आयोजनाको प्रवद्र्धक इलेक्ट्रोपावर कम्पनी लिमिटेडले मृतक कामदार बर्दियाको ठाकुरबाबा नगरपालिकाका रामजीन थारू र सुमन थारूका परिवारलाई प्रतिपरिवार रु ३० लाख आर्थिक सहयोग प्रदान गर्ने भएको हो। लेट्रो पावरका आयोजना प्रबन्धक उमेश पराजुलीका अनुसार आयोजना निर्माणको ठेक्का लिएका ‘सब–कन्ट्र्यक्टर’ कम्पनी …

पुरा पढ्नुहॊस »

नेपाली बजारमा आइतबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ। यस दिन तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यसैगरी, यो दिन चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ८७५ …

पुरा पढ्नुहॊस »

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

काठमाडौँ । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैंक दिगो विकासमा केन्द्रित भएर विभिन्न काम गर्दै आएको बताएका छन् । ४०औँ वार्षिकोत्वका अवसरमा ‘४० फर्दर फर सस्टेनबल फ्यूचर’ नारा दिँदै दिगो विकासमा बैकिङको भुमिका विषयमा बोल्दै उनले यस्तो बताएका हुन् । बैंकले सुरु गरेको दिगो बैंकिङको योजना दीर्घकालीन सोचमा आधारित रहेको उनको भनाइ छ । उनका अनुसार कार्बन उत्सर्जन कम गर्न, हरित प्रविधिमा लगानी गर्न र सामाजिक र आर्थिक …

पुरा पढ्नुहॊस »

प्रतिभा नक्षत्र-२०२४ का लागि आवेदन खुल्ला

काठमाडौं । बेलायतमा रहेका नेपाली बालबालिकाहरुका लागि प्रतिभा प्रस्फुटन तथा नेपाली संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्ने कार्यक्रम “प्रतिभा नक्षत्र २०२४”कोे लािग आवेदन खुल्ला गरिएको छ । प्रतिभा नक्षत्र कार्यक्रममा विश्वका जुनसुकै देशबाट पनि नेपाली बालबालिकाहरुले सहभागिता जनाउन सक्ने व्यवस्था छ । नेपाली कला, संस्कृति र विविधताको मौलिक पहिचान र प्रतिभा प्रस्तुती रहने कार्यक्रम प्रतिभा नक्षत्र यही अगस्ट २६ अर्थात भदौ १० गते लन्डन प्लमस्टिडस्थित एशियन कम्यूनिटी हलमा आयोजना हुनेछ । …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकमा अर्याल र जमरकट्टेलको बढुवा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले दुई पदाधिकारीलाई बढुवा गरेको छ। बैंकको यही असार २७ मा बसेको सञ्चालक समिति बैठकले प्रसिद्ध राज अर्याललाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा र सुभाष जमरकटेललाई नायब महाप्रबन्धकमा पदमा बढुवा गर्ने निर्णय गरेको हो। काठमाडौं विश्वविद्यालयबाट व्यपार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसँग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा सञ्चालन र लघुवित्तजस्ता विभिन्न बैंकिङ्ग क्षेत्रमा १६ वर्ष बढीको अनुभव, ज्ञान र कौशल छ। अर्याल यसअघि सिभिल बैंक …

पुरा पढ्नुहॊस »

नबिल बैंकले ल्यायो ‘द नबिल ढुक्क घर कर्जा’ योजना

काठमाडौँ । नबिल बैंकले ४१ औँ वर्ष प्रवेशको अवसरमा ‘द नबिल ढुक्क घर कर्जा’ योजना ल्याएको छ । शुक्रबार ४१ औँ वर्ष प्रवेशको अवसरमा काठमाडौँमा आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममार्फत यस्तो योजना ल्याएको हो । बैंकले यस योजना सातवर्षे अवधिको कर्जाको ब्याजदर ८.४ प्रतिशत र १० वर्ष अवधिको कर्जाको ९.४ प्रतिशत निर्धारण गरेको छ । योजना जुलाई १२ देखि ४० दिनसम्म मान्य हुने बैंकले जनाएको छ । बैंकले नयाँ खाता खोल्दा …

पुरा पढ्नुहॊस »

माइलेज च्यालेन्ज क्याम्पबाट सुपर स्प्लेंडरको अपराजेय माइलेज

काठमाडौँ । नेपालमा हिरो मोटरसाइकल र स्कुटरको एकमात्र वितरक सी.जी. मोटर्सले दुई पाङ्ग्रे सवारी उद्योगका लागि इन्धन दक्षता र कार्यसम्पादनमा नयाँ बेन्चमार्क स्थापित गर्दै सुपर स्प्लेंडरको माइलेज च्यालेन्ज क्याम्प सम्पन्न गरेको छ । असार महिनामा सी.जी. मोटर्सले उक्त क्याम्प सम्पन्न गरेको हो । सुपर स्प्लेंडरको विरासत यसको प्रदर्शनको सन्दर्भमा, माइलेजले नेपाली बजारमा वर्षौँ देखि प्रभुत्व जमाउँदै आएको देखिन्छ । कम्पनीले विरासतलाई निरन्तरता दिन र आफ्ना ग्राहकहरूमाझ उत्साह ल्याउन विभिन्न डिलरशिपहरूमा …

पुरा पढ्नुहॊस »

केयू स्कुल अफ म्यानेजमेन्ट र एसीडीएनबीच तालिम र परामर्श सेवाको साझेदारी

काठमाडौं । काठमाण्डु युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) र एसीडीएनबीच नेपालमा विज्ञता विकाश, अनुसन्धान तथा परामर्श क्षेत्रमा सहकार्य गर्ने साझेदारी भएको छ। साझेदारीअन्तर्गत दुई संस्था बीचमा नेपालका बैंक तथा वित्तिय संस्था लगायत अन्य क्षेत्रहरुमा उच्च प्रभाव पार्ने तालिम तथा सर्टिफिकेसन कार्यक्रमहरु सञ्चालन गर्नुका साथै विभिन्न अनुसन्धान तथा परामर्श सेवाहरु संयुक्त रुपमा प्रदान गर्ने सहमति भएको हो। यसै सन्दर्भमा कुसोमका डिन प्राडा विजय केसीले एसीडीएनसँग भएको साझेदारी कुसोमको व्यवस्थापन शिक्षा तथा …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ। बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो। यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकवर्गको विश्वासलाई उजागर गरेको बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ। बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरुमा निक्षेप …

पुरा पढ्नुहॊस »