हिमाल हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको ज्ञानेश्वरस्थित हिमाल हस्पिटलबीच छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा हस्ताक्षरसँगै सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले हिमाल हस्पिटलमा १० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा उपलब्ध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकका ग्राहकलाइ एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिक

काठमाडौं । सिटिजन्स बैंक र एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिक बीच समझदारी भएको छ …

प्रतिकृया दिनुहॊस