२७औँ वर्षमा एनआईसी एशिया : सरकारलाई तिर्‍यो साढे २६ अर्ब राजस्व, २५ प्रतिशत जनतालाई सेवा

काठमाडौं । एनआईसी एसिया बैंक स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको छ । यस अवधिसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्न पुगेको कम्पनीले दाबी गरेको छ ।

आफुहरुलाई यहाँसम्म आइपुग्दा साथ दिने ग्राहकवर्ग, नियामक निकायहरू, शेयरधनी महानुभावहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति अत्यन्त अनुगृहीत रहँदै सादर नमन एवं धन्यवाद व्यक्त गर्न चाहेको कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले बताएका छन् ।

‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारको छौं, त्यसको सम्पूर्ण श्रेय ग्राहकरूलाई नै जान्छ । साथै, आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट गर्दछौं’, उनले भनेका छन् ।हालसम्म आइपुग्दा कम्पनीले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौं ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ। जसको फलस्वरुप नेपालको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको कम्पनीले बताएको छ ।

साथै, वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी देशको कुना कुनामा निर्वाध रुपमा बैंकिङ सेवा पुर्‍याइरहेको पनि कम्पनीले बताएको छ ।

कम्पनीले स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २६ अर्ब ५९ करोड भन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरेको छ। गत अर्थिक वर्ष २०८०/८१ मा मात्रै कम्पनीले २ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारलाई बुझाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा थप पाँच नयाँ फाइदा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा थप पाँच सुविधा उपलब्ध हुने …

प्रतिकृया दिनुहॊस