नबिल बैंकद्वारा देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन आयोजना

काठमाडौं । नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन आयोजना गरेको छ । स्थापनाको ४० औं वार्षिकोत्सवको अवसरमा कम्पनीले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै गत शनिवार देशव्यापी वाकाथन आयोजना गरेको हो ।

कम्पनीले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि वाकाथानमार्फत ऐक्यबद्धता रहेको बताएको छ ।

वाकाथनको शुभारम्भका क्रममा कम्पनीका अध्यक्ष उपेन्द्र पौड्यालले नबिलले ४० वर्ष अगाडि नै दिगो पाइला चालेका कारण आजको दिनमा आइपुगेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिंदै जाने बताए । “नबिल बैंक दिगो विकासका लागि प्रतिबद्ध छ, हामीहरूले दिगो बैंकिङमार्फत् यसको शुरुआत गरिसकेका छौं, आगामी दिनका लागि प्रतिबद्धता जनाउन प्रतिबद्ध छौं”, उनले भने ।

कम्पनीका सीईओ ज्ञानेन्द्र ढुंगानाले दिगो भविष्यको प्रतिबद्धता सहित देशव्यापी वाकाथन आयोजना गरिएको बताए ।

उक्त अवसरमा कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित शाक्य, नायव प्रमुख कार्यकारी अधिकृतद्वय मनोज ज्ञवाली र भूपेन्द्र पाण्डे, विभिन्न विभागीय प्रमुखलगायत काठमाडौं उपत्यकाका विभिन्न शाखामा कार्यरत करिब १ हजार १०० कर्मचारीको उपस्थिति थियो ।

उक्त वाकाथन कमलादी, घण्टाघर, भद्रकाली मन्दिर, शहीद गेट, न्युरोड गेट, वसन्तपुर दरबार स्क्वायर हुँदै फेरि केन्द्रीय कार्यालयमा पुगेर समापन भएको थियो ।

कम्पनीका अनुसार नारायणगढ, विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत, धनगढी, हेटौंडा र दाङमा पनि एकैसाथ वाकाथन आयोजना गरिएको थियो । कम्पनीले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी बैंकका कार्ड प्रयोगकर्ताहरूलाई लेमन ट्री प्रिमियरका विभिन्न सेवामा ३५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहकहरु तथा कर्मचारीहरूलाई काठमाडौं, बुढानीलकण्ठस्थित Lemon Tree …

प्रतिकृया दिनुहॊस