ग्लोबल आइएमई बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवालीसँग लामो समयदेखि दर्जनौँ सामाजिक संघसंस्थामा रहेर काम गरेका अनुभव छ । ज्ञवालीको नियुक्तिसँगै ग्लोबल आइएमई बैंकको ७ सदस्यीय सञ्चालक समितिले पूर्णता पाएको हो ।

बैंकको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल छन् भने अन्य सञ्चालकहरूमा रामबहादुर भण्डारी, राधेश पन्त, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा थप पाँच नयाँ फाइदा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा थप पाँच सुविधा उपलब्ध हुने …

प्रतिकृया दिनुहॊस