आइएमई मार्फत विदेशबाट पठाएको रकम अब सिधै सहकारीको खातामा जम्मा गर्न सकिने

काठमाडौँ । आइएमई लिमिटेड र सहकारी संस्थालाई प्रविधिमैत्री बनाई रहेको कम्पनी एम बैंक (मोबाइल बैङ्किग) बिच विदेशबाट पठाएको रकम अब सिधै सहकारीको खातामा जम्मा गर्न सकिने सम्झौता भएको छ ।

सम्झौतासँगै एमबैंकमा आबद्ध सहकारीका सदस्यहरूले आइएमई रेमिटेन्स मार्फत पठाएको पैसा सिधै आफ्नो खातामा जम्मा गर्न सक्ने भएका छन् । यसरी मोबाइल बैङ्किग तथा भुक्तानी प्लेटफर्म ‘एम बैंक’ मार्फत सहकारीका सदस्यहरूले सिधै आफ्नो खातामा पैसा जम्मा गर्न सक्ने कम्पनीले जनाएको छ ।

आईएमई लिमिटेड र एम बैंक टेक्नोलोजी प्रा.ली. बिच रेमिटेन्स बापत पठाएको रकम सिधै जम्मा गर्न सकिने सम्झौता भएको हो । आइएमईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र एम बैंक टेक्नोलोजीका संस्थापक तथा प्रबन्ध निर्देशक सञ्जय महासेठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

एम बैकंले नेपालभरका करिब ५ सय सहकारी संस्थालाई मोबाइल बैङ्किङ तथा भुक्तानी प्लेटफर्म प्रदान गरिरहेको जनाएको छ । एमबैंकसँग आबद्ध सहकारीहरूले रेमिटेन्सको रकम सिधै आफ्नो सहकारीको खातामा प्राप्त गर्न सक्ने एम बैकंले जनाएको छ । मोबाइलबाटै आफ्नै सहकारीको खातामा रेमिटेन्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै सदस्यहरू लाभान्वित हुने विश्वास एम बैंकले लिएको प्रमुख महासेठले जानकारी दिए ।

शुक्रवारबाट ९ औँ वर्षमा प्रवेश गरेको एम बैंक सहकारी क्षेत्रमा लोकप्रिय मोबाइल बैङ्किग तथा भुक्तानी प्लेटफर्म कम्पनी हो । स्थापना दिवसकै अवसरमा आईएमईसँग सहकार्य गरी रेमिटेन्स सेवालाई सुरुवात गरिएको एम बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइएमई मार्फत रकम पठाएका भाग्यशाली सेवाग्राही प्रमीलाले जितिन् १ करोड

काठमाडौँ । विदेशमा कमाएको रकम आइएमई गरेकी भाग्यशाली सेवाग्राही प्रमीला रोकायाले १ करोड रुपैयाँ नगद जितेकी छन् । जापानको क्योदाइबाट रोकायाले आइएमइ मार्फत रकम पठाएकी थिइन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा आइएमई ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले सार्वजनिक रूपमा लक्की ड्र मार्फत भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गरेकी हुन् ।

प्रतिकृया दिनुहॊस