नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक रामु पौडेलले पाएका छन्।

पौडेललाई आजदेखि प्रवक्ताको जिम्मेवारी दिइएको राष्ट्र बैंकले जनाएको छ। पौडेलले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्।

उनी हाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रहेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप