स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा १६ करोड घट्यो

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफामा गिरावट आएको छ। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंकको नाफामा करिब १६ करोड रुपैयाँले कमी आएको हो।

बैंकको अपरिष्कृत वित्तिय विवरणअनुसार गत आवमा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको छ। जबकी अघिल्लो वर्ष बैंकको नाफा ३ अर्ब ४६ करोड रुपैयाँ थियो।
बैंकको ब्याज आम्दानीमा अघिल्लो वर्षको तुलनामा उच्च गिरावट आउँदा त्यसको असर कुल नाफामा देखिएको हो। अघिल्लो वर्ष ५ अर्ब ९५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले गत आवमा ५ अर्ब १५ करोड रुपैयाँ मात्रै आम्दानी गरेको हो।

यस्तै असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर २६ रुपैयाँ ५० पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता २६.५० प्रतिशत रहेको छ।

आम्दानीमा उल्लेख्य कमी आएको यस बैंकको खर्च भने अघिल्लो वर्षको तुलनामा बढेको छ। अघिल्लो वर्ष बैंकले १ अबै ५४ करोड रुपैयाँ सञ्चालन खर्च गरेकोमा गत आवमा बैंकको गत वर्षको यस्तो खर्च बढेर १ अर्ब ५८ करोड रुपैयाँ पुगेको हो।

बैंकको खराबकर्जा दर भने २.१४ प्रतिशतमा छ। अघिल्लो वर्ष १.१८ प्रतिशतमा थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई धादिङको त्रिशूली वीचमा १५ % सम्म छूट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुका लागि थप सेवा दिन धादिङको गल्छीमा रहेको त्रिशूली वीच …

प्रतिकृया दिनुहॊस