प्रधानमन्त्री ओलीको अभिनय रहेको फिल्म ‘नमेटिने घाउ’को पोस्टर सार्वजनिक

काठमाडौं । रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माताले सोमबार पोस्टर सार्वजनिक गर्दै भदौ ७ गतेलाई प्रदर्शन मिति पनि घोषणा गरेका छन्।

पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थान दिइएको छ । यो फिल्ममा ओलीले प्रधानमन्त्रीकै रोलमा अतिथि भूमिका गरेका छन् । शनिबार उनले काठमाडौंको एक स्टुडियोमा स्वरांकन गरेका थिए । फिल्ममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदहरू देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाही लगायत नेपाल प्रहरीका केही अफिसरहरूको पनि भूमिका रहेकाे बताइएकाे छ ।

यो फिल्म एसिड सर्भाइभरको वास्तविक जीवनीमा आधारित छ। एसिड आक्रमणमा परेका ३३ जना पीडितको कथालाई समेटेर बनाइएको छ।

फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतको अभिनय छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सलोन बस्नेतको नयाँ फिल्म ‘रंगी’ को घोषणा

काठमाडौँ । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा फिल्म ‘रंगी’ निर्माण हुने भएको छ । सलोन …

प्रतिकृया दिनुहॊस