काठमाडौं । गरिमा क्यापिटलले बम्पर दशैंतिहार अफर सञ्चालनमा ल्याएको छ । कम्पनीले बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को अवसरलाई लक्षित गरीे असोज १ गतेदेखि कात्तिक ३० गतेसम्मका लागि “बम्पर दशैंतिहार अफर” ल्याएको छ । उक्त योजना अन्तर्गत कम्पनीमा डिम्याट र मेरोशेयर खाता खोल्दा लक्की ड्रमार्फत् भाग्यशाली तीन जना ग्राहकवर्गहरुले स्मार्ट वाच जित्न सक्नेछन् । जसका लागि असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म कम्पनीमा नयाँ डिम्याट र मेरोशेयर …
पुरा पढ्नुहॊस »नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा छुट
काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र र्याडिसन होटल बीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो । नबिल बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र र्याडिसन होटलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले समझदारीमा हस्ताक्षर गरेका छन् । समझदारीअनुसार नबिल बैंकका ग्राहकले र्याडिसन होटलमा सेवा सुविधाको भुक्तानी गर्दा नबिलको डेबिट …
पुरा पढ्नुहॊस »नेप्सेमा गिरावट, ५ अर्ब ६६ करोडको कारोबार
काठमाडौँ । आजको दिन सेयर कारोबार मापक नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ विन्दुमा पुगेको छ। यसले शून्य दशमलव १५ प्रतिशतको कमी दर्शाउँछ। कुल ७४ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको भए पनि, १६३ कम्पनीका मूल्यमा गिरावट आएको छ। ७ कम्पनीका सेयर भने स्थिर रहन सफल भएका छन्। आजको दिनमा १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयरको किनबेच भएको छ। ८० हजार ३७८ पटकको कारोबारबाट ५ अर्ब ६६ करोड …
पुरा पढ्नुहॊस »सानिमा रिलायन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । उक्त घोषणा पारित गर्नका लागि कम्पनीले यही २३ गते साधारण सभाको बैठक बोलाएको छ । साधारण सभाबाट पारित भएपछि सेयर धनीले बोनस प्राप्त गर्नेछन् । कम्पनीले ११ गते बुक क्लोजको मिति तोकेको छ । अहिले सानिमा रिलायन्सको चुक्त पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरण गरेपछि ५ अर्ब …
पुरा पढ्नुहॊस »डिशहोमको इन्टरनेटमा अफर घोषणा
काठमाडौँ । डिशहोमले यो वर्षको चाडमा आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकहरुको लागि “खुशीको Celebration” नामक अफर घोषणा गरेको छ । यो अफर अन्तर्गत २०० तथा ३०० एमबिपिएसको बार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस प्रदान गरिनेछ । यो अफरमा सहभागी हुन ग्राहकहरुले नजिकको डिशहोम डिलर दाइ वा हट लाईन नं. ०१–५९७०३६५ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले हाल तीन लाख भन्दा बढी ग्राहकलाई इन्टरनेट …
पुरा पढ्नुहॊस »बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले भारतको वाराणसीका लागि तेस्रो उडान थपेको छ । उक्त गन्तव्यमा यसअघि साताको दुई उडान भर्दै आएको कम्पनीले अब साताको तीन उडान गर्ने जनाएको छ । बुद्ध एयरले साताको सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ । साताको तीन उडानले यात्रुलाई आवतजावतमा थप सहयोग पुग्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । बद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे …
पुरा पढ्नुहॊस »पठाओ दशैं महोत्सव- २०८१ शुरू, होण्डा साइन मोटरसाइकलका साथ १ % कमिसन अफर
काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले पठाओ दशैं महोत्सव- २०८१ शुरू गरेको छ । महोत्सव असोज १७ गतेसम्म चल्ने कम्पनीको मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन् । महोत्सवमा पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोहरुले अधिक कमाई गर्न सक्ने कम्पनीले बताएको छ । दशैं महोत्सव काठमाडौं उपत्यकामा मात्रै सञ्चालनमाा ल्याइएको हो । पठाओले राइड सेयरिङ सुविधा अहिले नेपाल भर दिएको भए पनि यो महोत्सव काठमाडौं उपत्यकाका लागि मात्र भएको …
पुरा पढ्नुहॊस »सिटिजन्स बैंकद्वारा डिजिटल कारोबारलाई प्रोत्साहन, सञ्चालनमा ल्यायो स्मार्ट हब
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप कर्पोरेट कार्यालयको परिसरमा ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीमा बुधबार आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गणेश राज पोखरेलले सो हब सार्वजनिक गरेका छन् । कार्यक्रमलाई सम्वोधन गर्दै सीईओ पोखरेलले एकै स्थानबाट जुनसुकै समयमा पनि बिना कुनै झन्झट डिजिटल माध्यमबाट चेक जम्मा गर्ने, नगद जम्मा गर्ने तथा आवश्यक परेको नगद मेसिनबाट प्राप्त गर्ने सुविधाले ग्राहकहरुलाई डिजिटल कारोबारमा …
पुरा पढ्नुहॊस »महालक्ष्मी विकास बैंक र मनकामना दर्शन बीच अन्तरदेशीय क्यूआर पेमेन्टका लागि सहकार्य
काठमाडौं । महालक्ष्मी विकास बैंक र मनकामना दर्शन बीच अन्तरदेशीय क्यूआर पेमेन्टका लागि सहकार्य भएको छ । नेपाल आएका भारतीय नागरिकहरुलाई क्यूआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको प्रबद्धर्न गर्न बुधबार आयोजित एक कार्यक्रमका बीच उक्त सहकार्यको विधिवत शुरुवात भएको हो । यस अन्तर्गत फोन पेसँगको सहयोगमा भारतीय नागरिकहरुले त्यहाँका भुक्तानी सेवा प्रदायकहरु जस्तै भीमपे, यूपीआई, फोनपे, गूगलपे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्यूआर …
पुरा पढ्नुहॊस »बुधबार पनि सस्तियो सुन, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन यो दिन तोलामा ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ रहेको छ । यो दिन चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा …
पुरा पढ्नुहॊस »