Tag Archives: featured

कुमारी बैंक भिसा इन्टरनेसलद्वारा दुई विधामा सम्मानित

काठमाडौँ । भिसा इन्टरनेसल द्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा कुमारी बैंक लिमिटेड ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेस र एक्सिलेन्स इन् क्रस बोर्डर बिजनेस अवार्डबाट सम्मानित भएको छ । आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

सन नेपाल लाइफद्वारा दुई बीमा योजना सार्वजनिक

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७ औँ वार्षिकोत्सवको अवसर पारेर दुई वटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको छ । सातौँ वार्षिकोत्सवको अवसरमा आइतबार कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरिएको हो । सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको छ । यसमा बीमा अवधिभित्र प्रस्तावकको निधन भएमा बीमांक रकम भुक्तानी हुनेछ र बीमितलाई बीमा अवधिसम्म …

पुरा पढ्नुहॊस »

१०२ मेगावाटको मध्यभोटेकोसी एक महिनाभित्र ल्याउने तयारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरणका कामहरू भइरहेका छन् । बाह्रबिसे नगरपालिका–५ स्थित आयोजनाको विद्युत्गृहको स्वीचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा स्थानीयसँग सहमति जुटेपछि अहिले तार तान्ने काम काम भइरहेको छ । २२० केभी सिंगल सर्किट प्रसारण लाइनको …

पुरा पढ्नुहॊस »

सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्यमा लगानी कोष

काठमाडौँ । नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको बताएको छ । कोषको शाखा कार्यालय पोखराले आयोजना गरेको नागरिक पेन्सन योजना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सो कुरा बताएका हुन् । उनले सामाजिक सुरक्षा सबै नागरिकलाई आवश्यक भएको बताउँदै सामाजिक सुरक्षाका कार्यक्रम राम्रो भएको देशमा मात्रै आम नागरिक खुसी हुने बताए । कोषले प्रदान गर्दै आएको नागरिक पेन्सन योजना लगायतका अन्य कार्यक्रमले मात्रै सबै …

पुरा पढ्नुहॊस »

बडा दशैंको अवसरमा नेपाल पे इन्स्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्रान्सफर सुविधा

काठमाडाैं । बडा दशैंलाई लक्षित तथा डिजिटल कारोबारलाई प्रबर्द्धन गर्न मोबाइल नम्बरको आधारमा हुने नेपाल पे इन्स्ट्यान्टको फण्ड ट्रान्स्फर निःशुल्क गरिएकोे छ । अब नेपालपे इन्स्ट्यान्टको सुविधा उपलब्ध रहेको बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग ग्राहकहरु तथा कनेक्ट आईपीएस प्रयोगकर्ताहरूले असोज ३० गतेसम्मका लागि नेपालपे इन्स्ट्यान्ट मार्फत बिना शुल्क २६ वटा बैंक तथा वित्तीय संस्थाहरुमा फण्ड ट्रान्स्फर गर्न सक्नेछन् । नेपाल पे इन्स्ट्यान्ट एक प्रोक्सीको आधारमा डाइरेक्ट क्रेडिट उपकरण हो …

पुरा पढ्नुहॊस »

एनएमबिका दुई म्युचअल फन्डको लाभांश घोषणा

काठमाडौँ । एनएमबि बैंकले प्रवर्द्धन गरेका दुई वटा म्युचुअल फन्डको लाभांश घोषणा भएको छ । एनएमबि क्यापिटलको सञ्चालक समितिको बैठकले एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को लाभांश घोषणा गरेको हो । आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट एनएमबि फिफ्टीले करसहित १५ प्रतिशत र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ ले १० प्रतिशत नगद लाभांश दिने भएको छ । लाभांश प्रयोजनका लागि दुवै फन्डले असोज ११ गते बुक क्लोजको मिति तय …

पुरा पढ्नुहॊस »

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि आधिकारिक विक्रेता केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लाएन्सेसले ‘स्काइवर्थ सपना साकार’ दसैँ तिहारको बहार बम्परमा कार उपहार अफर सार्वजनिक गरेको हो । यो अफरअन्तर्गत ग्राहकले बम्पर पुरस्कारमा एमजी कमेट ईभी कार जित्नसक्ने कम्पनीले जनाएको छ । यसबाहेक कम्पनीका विभिन्न होम अप्लायन्समा ४० प्रतिशतसम्म छुट, हरेक हप्ता लक्की ड्रका विजेताले माइक्रोवेभ जित्ने र अन्य थुप्रै पुरस्कार …

पुरा पढ्नुहॊस »

दसैँमा सि.जी का साना घरायसी सामाग्रीहरूमा १० सुनको सिक्का जित्ने अफर

काठमाडौँ । नेपालको अग्रणी ब्राण्ड सि.जी. स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डि ए) ले दसैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘दसैँमा १० अफर’ ल्याएको छ । यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकहरूले १० – १० ग्रामका १० सुनका सिक्काहरू जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफर सि.जी का साना घरायसी उपकरणहरूमा मात्र समावेश छन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले …

पुरा पढ्नुहॊस »

ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई आवश्यक सर–समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरूलाई लाभान्वित गर्ने गरी बैंकले बिगमार्टसंग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरूमा १० प्रतिशत वा अधिकतम २०० सम्म छुट योजना ल्याएको छ । उक्त छुट योजना हरेक शनिवारका दिनमात्र लागू हुने बैंकले जनाएको छ । बैंकले ग्राहकवर्गको सुविधालाई मध्यनजर …

पुरा पढ्नुहॊस »

ग्लोबल एजुकेशन लिडरशिप अवार्ड बाट ब्रिटिस कलेजका निर्देशक कँडेल सम्मानित

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)का निर्देशक महेन्द्रराज कँडेल ग्लोबल एजुकेशन लिडरशिप अवार्डबाट सम्मानित भएका छन् । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजका निर्देशक कँडेललाई बुधबार होटल हिमालयमा सम्पन्न ‘एशियन प्रोफेसनल अचिभमेन्ट अवाड्र्स २०२४’ अन्तर्गत ‘ग्लोबल एजुकेशन लिडरशिप अवार्ड’ प्रदान गरिएको हो । शिक्षा र उद्यमशीलताको क्षेत्रमा नेपालमा मात्रै नभई विदेशमा समेत योगदान पुर्याउँदै आउनुभएका निर्देशक कँडेलले विद्यार्थीहरुलाई विश्वव्यापी अवसरहरु प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए । उनको …

पुरा पढ्नुहॊस »