सिटिजन्स बैंकद्वारा डिजिटल कारोबारलाई प्रोत्साहन, सञ्चालनमा ल्यायो स्मार्ट हब

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप कर्पोरेट कार्यालयको परिसरमा ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ।

कम्पनीमा बुधबार आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गणेश राज पोखरेलले सो हब सार्वजनिक गरेका छन् । कार्यक्रमलाई सम्वोधन गर्दै सीईओ पोखरेलले एकै स्थानबाट जुनसुकै समयमा पनि बिना कुनै झन्झट डिजिटल माध्यमबाट चेक जम्मा गर्ने, नगद जम्मा गर्ने तथा आवश्यक परेको नगद मेसिनबाट प्राप्त गर्ने सुविधाले ग्राहकहरुलाई डिजिटल कारोबारमा अभ्यस्त हुन मद्धत गर्ने बताए ।

स्मार्ट हबमा राखिएका चेक जम्मा गर्ने मेसिनमा ग्राहकहरुले क्लियरिङ्ग चेक डिपोजिट गर्ने, आफ्नो बैंक खाताको विवरण हेर्ने र बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलव्ध छ भने क्यास डिपोजिट मेसिनमा १ हजार र ५०० रुपैयाँ दरका नोटहरू जम्मा गर्न मिल्ने सुविधा उपलव्ध छ ।

यसैगरी, कम्पनीले असोज महिनाभर “सिटिजन्स डिजिटल महिना” उत्सव सञ्चालन गर्ने बताएको छ । यस उत्सवमा फोनपेसँगको सहकार्यमा कम्पनीले विभिन्न आकर्षक अफरहरु सार्वजनिक गरेको छ ।

जसमा मोबाइल बैंकिङ प्रयोग गरी हवाई टिकट खरिद गर्ने यात्रुहरूलाई ४०० रुपैयाँसम्म क्यासब्याक प्राप्त हुने, बडादशैंमा मोबाइल बैंकिङ प्रयोग गरि डिजिटल दक्षिणा दिंदा सो कारोबारमा १०० रुपैयाँसम्म क्यासब्याक प्राप्त हुनुका साथै चाडपर्वमा गरेको पहिलो मोबाइल बैंकिङ कारोबारमा ग्राहकहरूलाई आकर्षक क्यासब्याक प्राप्त हुनेछ ।

त्यसैगरी, “दशैंमा चलाउ सिटिजन्स कार्ड” अभियानमा डेबिट र क्रेडिट कार्डको प्रयोगमा आकर्षक क्यासब्याक अफर प्राप्त हुनुका साथसाथै “डिजिटल रेमिटेन्स प्राप्ति अभियान”मा मोबाइल बैंकिङ मार्फत प्राप्त गरिएको रेमिटेन्समा आकर्षक क्यासब्याक प्राप्त हुनेछ ।

यस्ता डिजिटल प्रोत्साहित कारोवार अभियानबाट समग्र बैंकिङ्ग क्षेत्रमा नै डिजिटल बैंकिङ्गको विकास हुने विश्वास कम्पनीले लिएको छ । कम्पनीले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स भच्र्युअल क्रेडिट कार्ड ” सञ्चालनमा ल्याएको छ । भौतिक कार्ड विना नै मोवाइलको माध्यमबाट स्क्यान गरि क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता भच्र्युअल क्रेडिट कार्डमा छ ।

कम्पनीले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds