Tag Archives: featured

सानिमा रिलायन्स लाइफले १८.३८ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८११ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव गरेको छ। कम्पनीको ३० गतेको सञ्चालक समितिको बैठकले आव २०७९÷०८० को मुनाफाबाट सेयरधनीलाई उक्त बोनस सेयर दिने प्रस्ताव गरेको हो। वितरणयोग्य लाभांशबापत चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको १८.३८ प्रतिशत बोनस सेयर नियमनकारी निकायको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

पुरा पढ्नुहॊस »

मनकामना केबलकार ‘डिजिटल’ प्रविधिमा सञ्चालन

काठमाडौं । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको थियो । २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । अष्ट्रियाको …

पुरा पढ्नुहॊस »

नेपाली पर्यटक भित्र्याउन काठमाडौँमा इन्डोनेसियाको ‘सेल्स मिसन’

काठमाडौँ । इन्डोनेसियाको पर्यटन तथा कृयटिभ–इकोनोमी सम्बद्ध मन्त्रालय तथा एजेन्सीले इन्डोनेसियालाई नेपाली पर्यटकहरूका लागि मन पर्ने गन्तव्यको रूपमा कायम राख्न काठमाडौँमा बिक्री मिसन गरेको छ । सेल्स मिसनमा मन्त्रालय, बङ्गलादेश र नेपालस्थित इन्डोनेसियाली दूतावास सहित ३० भन्दा बढी पर्यटन उद्योग तथा कम्पनीहरूले सहकार्य गरेका थिए । इन्डोनेसियामा नेपाली पर्यटकको सङ्ख्यामा सकारात्मक वृद्धि देखिएकाले इन्डोनेसियाले थप प्रवर्द्धनका कार्यक्रम ल्याएको इन्डोनेसियाको पर्यटन तथा कृयटिभ–इकोनोमी सम्बद्ध एजेन्सीले जनाएको छ । नेपालबाट इन्डोनेसिया जाने …

पुरा पढ्नुहॊस »

एनआईसी बैंकका कार्ड प्रयोगकर्ताहरूलाई लेमन ट्री प्रिमियरका विभिन्न सेवामा ३५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहकहरु तथा कर्मचारीहरूलाई काठमाडौं, बुढानीलकण्ठस्थित Lemon Tree Premier Budhanilkantha होटलका विभिन्न सेवाहरूमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ । नजिकिँदै गरेका दसैँ, तिहार, छठ जस्ता विभिन्न चाडपर्वहरूको विशेष अवसरमा Visa Debit Card तथा Visa Credit Card र Mastercard प्रयोग गरेर भुक्तानी गर्ने आफ्ना ग्राहकहरूलाई बैंकले यस्तो सुविधा उपलब्ध गराएको जनाएको छ । उक्त छुट प्रदान गर्ने विषयमा एनआईसी एसिया बैंक र …

पुरा पढ्नुहॊस »

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले जनकपुर स्थित मिथिला यात्री निवासमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य भएका १५० जना भन्दा बढी अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले …

पुरा पढ्नुहॊस »

बर्जर पेन्ट्सले ल्यायो चाडपर्व ग्राहक योजना ‘बर्जर नगद उत्सव’

काठमाडौँ । बर्जर पेन्ट्स नेपालले मिस नेपाल वर्ल्ड २०२४ आश्मा केसीका साथ चाडपर्व उत्सव अभियान ‘बर्जर नगद उत्सव’को घोषणा गरेको छ। बर्जर पेन्ट्सको ४० लिटर खरिद गरी ग्राहकले यस योजनामा सहभागी भई १ लाखसम्म नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् । बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजेर राजीव रोयले बर्जर पेन्ट्सले चाडपर्वमा सुन्दर तरिकाले घर रंग्याएर चाडपर्व मनाउने राम्रो तरिका भएको बताए। ‘यस अभियानमार्फत हामी हाम्रा ग्राहकहरूलाई उत्कृष्ट उत्पादनहरूको साथै आकर्षक नगद …

पुरा पढ्नुहॊस »

इन्फ्रास्ट्रक्चर बैंकको स्वतन्त्र सञ्चालकमा दाहाल नियुक्त

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दाहाल नियुक्त भएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैंकको नियमावली बमोजिम बैंक सञ्चालक समितिको १४९औँ बैठकको निर्णयले मिति २०८१ भाद्र २८ गतेदेखि लागु हुने गरी चार वर्षे कार्यकालको लागि उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । नेपाल सरकारको सचिव पदबाट सेवा निवृत्त भएका उनले एमपीए र एमबीए गर्नुका साथै कानुनमा स्नातक समेत गरेका छन् …

पुरा पढ्नुहॊस »

दिपलको ‘एक्सचेन्ज कार्निभल’ असोज ३ सम्म, जुनसुकै गाडीसँग नयाँ ईभी साट्न सकिने

काठमाडौं । नेपालका लागि चांगान तथा दिपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले सोमबार (आज)देखि असोज ३ गतेसम्म ‘दिपल एक्सचेन्ज कानिर्भल’ सुरु गरेको छ । कम्पनीले काठमाडौंको गैरीधारास्थित सिल्भरओकमा चारदिनसम्म एक्सचेन्ज कार्निभल आयोजना गरेको हो । कम्पनीका अध्यक्ष विष्णुकुमार अग्रवालले एक्सेचेन्ज कार्निभलको उद्घाटन गरेका हुन् । यस अवधिभर गैरीधारास्थित सिल्भरओकमा गएर इच्छुक व्यक्तिहरूले आफ्नो जुनसुकै ब्रान्डको पुरानो गाडी लगेर नयाँ दिपल विद्युतीय सवारी (ईभी)सँग साट्न सक्नेछन् । पूरानो गाडीको भ्यालुएनसका लागि …

पुरा पढ्नुहॊस »

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाकै १ लाख ५७ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो आज (सोमबार) सुनको मूल्य बढेको छ । विगत तीन दिनदेखि सुनको मूल्यमा लगातार नयाँ रेकर्ड बनिरहेको हो । आइतबार प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । आज सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा रहेको छ । यो हालसम्मकै उच्च हो । …

पुरा पढ्नुहॊस »

असोज महिनामा एनआईसी एशियाले घटायो ब्याजदर

काठमाडौं । एनआईसी एशिया बैंकले अघिल्लो महिनाको तुलनामा असोज महिनाका लागि ब्याजदर घटाएको छ । कम्पनीले सोमबार उक्त महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको हो । कम्पनीले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.१८ प्रतिशत कायम गरेको छ । भदौ महिनामा भने अधिकतम ब्यादजर ७.४१ प्रतिशत थियो । सार्वजनिक सूचना अनुसार कम्पनीले व्यक्तिगत निक्षेपतर्फ ३ महिने अवधिका लागि ५ प्रतिशत ३ महिनादेखि १ वर्ष …

पुरा पढ्नुहॊस »