महालक्ष्मी विकास बैंक र मनकामना दर्शन बीच अन्तरदेशीय क्यूआर पेमेन्टका लागि सहकार्य

काठमाडौं । महालक्ष्मी विकास बैंक र मनकामना दर्शन बीच अन्तरदेशीय क्यूआर पेमेन्टका लागि सहकार्य भएको छ । नेपाल आएका भारतीय नागरिकहरुलाई क्यूआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको प्रबद्धर्न गर्न बुधबार आयोजित एक कार्यक्रमका बीच उक्त सहकार्यको विधिवत शुरुवात भएको हो ।

यस अन्तर्गत फोन पेसँगको सहयोगमा भारतीय नागरिकहरुले त्यहाँका भुक्तानी सेवा प्रदायकहरु जस्तै भीमपे, यूपीआई, फोनपे, गूगलपे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्यूआर कोडमा स्क्यान गरी मनकामना दर्शन गर्न लाग्ने शुल्कको भुक्तानी गर्न सक्नेछन् ।

मनकामना मन्दिर दर्शन भारतीय धार्मिक पर्यटकहरुको पहिलो रोजाइको रुपमा रहेकोले डिजिटल भुक्तानीमा समेत उल्लेख्य रुपमा वृद्धि हुने विश्वास लिइएको छ । यस्ता कार्यबाट नेपाल र भारत बीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाईमा पुरयाउन, नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पुर्याउन तथा नेपाल सरकारका साथै नेपाल राष्ट्र बैंकले अख्तियार गरेको डिजिटल नेपालको अभियानलाई समेत यस्तो अभियानले टेवा पुग्ने विश्वास लिएको कम्पनीले बताएको छ ।

यसअघि पनि कम्पनी र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारत बीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

डिजिटल भुक्तानीका माध्यमहरुको नविनतम प्रयोगप्रति सँधै प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्यूआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास लिएको कम्पनीले बताएको छ । कम्पनीका देशभर १०३ वटा शाखा कार्यालय तथा करिब ८ लाख ग्राहकहरु छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds