Tag Archives: featured

आज सुनचाँदीकाे मूल्य बढ्याे

काठमाडाैँ । नेपाली बजारमा आज सुनकाे मूल्य ८ सय रूपैयाँले बढेकाे छ। मंगलबार १ लाख ११ हजार ७ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ५ सय रुपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजाबी सुन १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ २० रूपैयाँले बढेकाे छ। मंगलबार १ हजार ४ सय ६५ रूपैयाँमा काराेवार भएकाे चाँदी …

पुरा पढ्नुहॊस »

माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन हो। लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्। सीडीएसका अनुसार यसमा भदौ १२ गते सम्ममा ७ लाख २२ हजार १५९ जनाले ७९ लाख ३१ हजार कित्ताका लागि आवेदन परिसकेको छ । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ६.५७ गुणा बढी आवेदन हो। यस कम्पनीले भदौ १० गतेदेखि फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकद्वारा १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८०लाभांश घोषणा गरेको छ । बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

पुरा पढ्नुहॊस »

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन् । एनएलजी इन्स्योरेन्सको हालको पुँजी रु.१,४५९,२७५,७९०.५०।– को प्रति शेयर अङ्कित …

पुरा पढ्नुहॊस »

सानिमा रिलायन्सका एजेन्सी म्यानेजरहरु सिंगापुर प्रस्थान

काठमाडौँ । सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सबाट आ. व. २०७९/८० मा उत्कृस्ट जीवन बीमा व्यवसाय गरेर एमडिआरटी हासिल गर्न सफल छ जना एजेन्सी म्यानेजरहरु सिंगापुरमा सञ्चालन हुने विस्वव्यापी सम्मेलनमा भाग लिन नेपालबाट प्रस्थान गरेका छन् । सम्मेलनमा भाग लिन जानेमा अभिकर्ताहरु नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सिता भट्टराई र कल्पना बिष्ट रहेका छन् । कम्पनीले एक कार्यक्रमको आयोजना गरेर सम्पूर्ण एमडिआरटी हासिल गर्न सफल अभिकर्ताहरुलाई भव्यताका साथ बिदाई …

पुरा पढ्नुहॊस »

फोन पेले ल्यायो ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ अफर

काठमाडौं । फोन पेले ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ नामक अफर घोषणा गरेको छ । अफरले एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने कम्पनीले जनाएको छ । ‘मोबाइल नम्बर भए पुग्छ’ भन्ने ट्यागलाइनमा आधारित अभियानले आफ्नो मोबाइलबाट पैसाको आदानप्रदान गर्दा उक्त कारोबार छिट्टो र सुरक्षित रहने कम्पनीले उल्लेख गरेको छ ।  

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई एभरेष्ट ओल्ड र छाया अस्पतालमा विशेष छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन अर्घाखाँचीको सन्धिखर्कमा रहेको “एभरेष्ट ओल्ड होटेल अर्घाखाँची र “छाया अस्पताल” सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले एभरेष्ट ओल्ड होटेलको एकोडोमेसन एण्ड फुडमा विशेष १०% सम्म र छाया अस्पतालको विभिन्न सेवाहरु जस्तै बेड चार्ज, सर्जरी, चेकअप, ओपिडि, ल्याब टेस्टहरुमा विशेष १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९२ पैसा र बिक्री दर १३२ रुपैयाँ ५२ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ६२ पैसा र बिक्री दर १४३ रुपैयाँ २७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ९८ पैसा र बिक्री दर १६६ रुपैयाँ ७३ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

समीक्षा अधिकारीले दिइन् प्रहरीमा निवेदन

काठमाडाैं । गायिका समीक्षा अधिकारीले कास्की जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छन् । उनले चार जनालाई प्रतिवादी बनाई आइतबार साइबर अपराधसम्बन्धी उजुरी दर्ता गरेकी हुन् । उनले ताजा खबर, ग्लोबल नागरिक, हाम्रो लर्निङ सेन्टर र रुटिन अफ बुटवल बन्द नाम गरेको फेसबुक पेजबाट आफ्नो इज्जत प्रतिष्ठामाथि आँच आउने कार्य गरेको बताएकी छन् । उनले निवेदनमा लेखेकी छन्, ‘मेरो विषयमा अतिरञ्जित कुराहरू लेखी हुँदै नभएको कुराहरू, बिनाप्रमाण, विभिन्न समाचारहरू प्रेषित गरी …

पुरा पढ्नुहॊस »

एसबिआई बैंक र एमडब्लुबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र एमएडब्लु भृद्धि अटोकर्प प्रालि (एमभिएपिएल)बीच सम्झौता भएको छ । सम्झौता बैंकका प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र बिक्रेता कम्पनीतर्फबाट तुसार जयप्रकाश गुप्ता, प्रसन्न पन्तले हस्ताक्षर गर्नुभएको हो । सो अवसरमा बैंकका कर्पोरेट क्रेडिट प्रमुख विनोद अधिकारी, रिटेल एण्ड एसएमई प्रमुख प्रवीण भट्टराई र कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो । सम्झौताको उद्देश्य बैंकको हायर पर्चेज योजनाअन्तर्गत सवारीसाधनको फाइनान्सिङ सहज बनाउनु रहेको छ ।

पुरा पढ्नुहॊस »