एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन् । एनएलजी इन्स्योरेन्सको हालको पुँजी रु.१,४५९,२७५,७९०.५०।– को प्रति शेयर अङ्कित १०० रुपैयाँको दरले १० कित्ता शेयरको ६.६ को अनुपातमा ९,६३१,२२०.२२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३ महिनामै २० करोड नाघ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नाफा २० करोड नाघेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा …

प्रतिकृया दिनुहॊस