Tag Archives: featured

सेजन अध्यक्षमा सुजन ओली निर्वाचित

काठमाडाैँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनबाट ओली अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदका उम्मेदवार सरस्वती ढकाल र शिरोमणी ढुंगाना पराजित भए । यसअघि ओली सेजनको सचिव, महासचिव हुँदै उपाध्यक्ष भएर काम गरेका थिए । उपाध्यक्षमा विनय बञ्जरा निर्वाचित भएका छन् । निवर्तमान महासचिव भागवत भट्टराईलाई पराजित गर्दै बञ्जरा उपाध्यक्षमा निर्वाचित भएका हुन् । गएको कार्यकालमा भट्टराई …

पुरा पढ्नुहॊस »

घट्याे सुनचाँदीकाे मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ । बिहीबार १ लाख १२ हजार ८ सय रूपैयाँमा कारोवार भएको सुन आज १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै तेजाबी सुन १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ १० रूपैयाँले घटेको छ । बिहीबार १ हजार ४ सय ८० …

पुरा पढ्नुहॊस »

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आज(शुक्रबार) देखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो । इन्स्योरेन्सले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। …

पुरा पढ्नुहॊस »

सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण शेयर बाँडफाँड

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण शेयर बाँडफाँड गरिएको छ । सर्वसाधारणका लागि छुट्याइएको शेयरका लागि १४ लाख ६६ हजार ६२ योग्य आवेदक मध्येबाट गोलाप्रथाको माध्यमवाट ७ लाख ६ हजार जना सफल आवेदनकर्ता छनौट गरी न्युनतम १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको हो । कम्पनीले यसअघि नै रु. १०० अङ्कित मूल्यका ४ लाख ८० हजार कित्ता शेयर र सामूहिक लगानी कोषको लागि छुट्याइएका ४ लाख ८० हजार कित्ता शेयर …

पुरा पढ्नुहॊस »

निमा एकेडेमीको स्कुल ट्रान्सफर्मेसन फर प्रोग्रेसिभ एजुकेशन कार्यक्रम सम्पन्न

काठमाडौँ । निमा एकेडेमीले स्कूल ट्रान्सफर्मेसन फर प्रोग्रेसिभ एजुकेशन (एसटीएफपीइ) कार्यक्रम मंगलबार सम्पन्न गरेको छ। विद्यालयहरुलाई एकीकृत पाठ्यक्रम अडिट गर्न सघाउनका लागि स्कूल ट्रान्सफर्मेसन फर प्रोग्रेसिभ एजुकेशन कार्यक्रम विस्तार गरेको हो। सफल रुपमा विस्तार गरेको खुशीयाली कार्यक्रममा निमा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत निश्चल प्रधान, शैक्षिक प्रमुख टिकाराम पोखरेल र कार्यक्रम प्रमुख तथा शिक्षाविद विकेश महर्जनले नेपालको अहिलेको शिक्षा क्षेत्रको अवस्थाबारे कुरा गरेका थिए। यसबाहेक प्रगतिशील शिक्षा र विद्यालय रूपान्तरणको लागि …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा सञ्चालनमा

काठमाडौँ । महालक्ष्मी विकास बैंकले परिष्कृत अनलाइन सेवा सञ्चालनमा ल्याएको छ। ग्राहकहरुको डिजिटल बैंकिङ्गको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैंकले सञ्चालित अनलाइन सेवाहरुलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको हो। बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहरुले अनलाइन मार्फत सहजै रुपमा खाता खोल्न, ग्राहक पहिचान विवरण अद्यावधिक, नयाँ डेबिट कार्ड, मोबाइल बैंकिङ सेवाहरु प्राप्त गर्न सक्नेछन्। डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्दै विद्युत्तीय सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले उक्त अनलाइन सेवालाई संशोधन गरेको हो।

पुरा पढ्नुहॊस »

लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष पाण्डेले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष निकोलस पाण्डेलाई पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा अध्यक्ष सूर्यप्रसाद सिलवालले नवनियुक्त अध्यक्ष पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसै अवसरमा अध्यक्ष सिलवालले कम्पनीलाई तोकिएको प्रदेशमा उपस्थिति देखिने गरी काम गर्न बीमकका पदाधिकारीहरूलाई निर्देशन समेत दिए । शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक दिनेश कुमार लाल र …

पुरा पढ्नुहॊस »

हिमालयन लघुवित्तको अध्यक्षमा विजयमान नकर्मी नियुक्त

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिकोे मंगलबार बसेकोे २१५ औं बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने विजयमान नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । हिमालयन बैंक लिमिटेडबाट बैंकिङ्ग सेवा शुरु गरी करीब ३० वर्षदेखि यसै क्षेत्रमा कार्यानुभव भएका नकर्मी हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको …

पुरा पढ्नुहॊस »

ह्याम्स हस्पिटलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र ह्याम्स हस्पिटलबीच विमानस्थलमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । विमानस्थल सञ्चालनका क्रममा आइपर्ने आपतकालीन स्वास्थ्य सेवा र यात्रु तथा कर्मचारीहरूलाई जुनसुकै समयमा पर्ने आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्न उच्चस्तरीय क्लिनिक स्थापना गरी सञ्चालन गर्ने विषयमा सम्झौता भएको हो । इमर्जेन्सी क्लिनिकमा चौबीसै घण्टा एक डाक्टर र एक नर्सले ’स्ट्रङ इमर्जेन्सी ब्याकअप’ सहित सेवा प्रदान गरिने ह्याम्स हस्पिटलका …

पुरा पढ्नुहॊस »

बिगमार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा विशेष छुट

काठमाडौं ।  स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य गरेको छ। जसअन्तर्गत बिगमार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ। उक्त छुट अफर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन्। यस छुट अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्ने छन्। स्मार्ट क्युआरमा आवद्ध विभिन्न …

पुरा पढ्नुहॊस »